सागर परियार
जुम्ला । जिल्ला कृषि कार्यालय कार्यालय जुम्लाका अनुसार अहिले पुस देखि फागुन महिना भित्र स्याउ वगैँचा व्यवस्थापन गर्ने उपयुक्त समय हो । यति बेला जुम्लाका स्याउ कृषकहरु स्याउका विरुवा नयाँ रोप्ने, काट् छाट् गर्ने, काटेको ठाँउमा वोडो मिक्चर लगाउने, विरुवालाई मल खात गर्न र सिचाई गर्ने वेला हो ।
यसरी सयममा उपयूक्त स्याउ बगैँचाको हेरविचार र व्यवस्थापन गरेको खण्डमा भदौँ असोजमा विरुवाले राम्रो फल उत्पादन दिने कृषि प्राविधिक लछिराम महतले बताए । उनले भने उत्पादन स्याउ संकलन पछि स्याउको विरुवा सुस्त हुन्छ ।
यो भनेको अर्काे बर्ष उत्पादन गर्नको लागि विरुवाले गर्भधारण गर्ने समय पनि हो । अहिले जुम्लामा सबै काम छोेडेर स्याउ बगैचा व्यवस्थापन कार्य तिब्र रुपमा चलिरहेको छ ।
चन्दननाथ नगरपालिका २ का स्याउ किसान शेरबहादुर भण्डारीले यो समय नै मल खात दिने समय हो, काट्छाट् गर्ने समय पनि हो, यो समयमा विरुवा सुस्त हने बताए । विरुवालाई काट्छाट् गर्दा पनि विरुवालई असर नपर्ने भएकोले विरुवा काट्छाट्को उपयुक्त समय हो ।
कृषक भण्डारीले भने, रङ्गले भरिपूर्ण, उत्पादनमा वृद्धि र गुण स्तरीय स्याउ फलाउनको लागि वगैँचा व्यवस्थापन गर्न जरुरी हुन्छ । यसको साथै विरुवाको वरिपरि एक मिटर गोलो रिङ्ग बनाएर मल र पानी सिचाइ गर्ने सकेमा परिश्रम अनुसारको उत्पादन हुन्छ ।
यसले गर्दा “ए” र “बी” ग्रेडको स्याउ धेरै उत्पादन विरुवाले दिन्छ । यसले गर्दा किसानको आम्दानीमा वृद्धि हुने र उत्पादित स्याउले
पनि बजारमा मुल्य राम्रो पाउने सम्भावना हुन्छ किसान भण्डारीको भनाई छ ।
जुम्लाका १८ हजार घरधुरी मध्य १६ हजार घरधुरीमा स्याउ बगैचा छन् जो अहिले अरु काम छोडर दैनिक बगैचा व्यवस्थामा लागि परेका छन् । जुम्लामा स्याउ आत्मनिर्भर बन्दै वर्षेनिक करोडौ आम्दानी हुदाँ स्याउ खेती प्रति किसानको आकर्षण बढ्दो अबस्थामा छ ।
प्रत्येक बर्ष किसानहरुले स्याउ वगैँचा व्यवस्थापन गर्नुपर्छ । बगैँचा व्यवस्थापनले किसानलाई नै फाइदा हुँदा प्रत्येक विरुवालाई १० केजीका दरले मलखात गर्नुपर्छ भण्डारीले भने । खडेरी प¥यो भने लगातार असार महिनासम्म विरुवालाई सिचाई गर्नुपर्ने स्याउ कृषक भण्डारीले बताए ।
यसबर्ष मात्र ३० हजार विरुवा उत्पादित प्रति विरुवाको सरकारी दरको मुल्य ४० रुपैँया र व्यक्ति मुल्य दर १ सय ५० रुपैँयामा विक्रि हुने गरेको चन्दननाथ १० का स्याउ कृषक अम्मरबहादुर रावतले बताए । जिल्लामा २०६ जना कृषकले नर्सरी नै दर्ता गरी स्याउका विरुवा उत्पादन गर्ने गरेका छन् ।
जुम्लाका किसानहरुले स्याउसंगै स्याउका विरुवाबाट पनि आम्दानी गर्ने गरेका छन् । जुम्लामा उत्पादन भएका स्याउका विरुवा कालिकोट, बाजुरा, दार्चुला, सिन्धुपाल्चोक, मुगु, डोल्पा, र रुकुम जिल्लासम्मका किसानहरुले जुम्लाबाट स्याउका विरुवा खरिद गर्ने गरेको कृषक रावतले बताए ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले बास्तवमा मान्छेले स्याउ भन्ना वितिकै जुम्लालाई सझिन्छन् । किसानहरुले स्याउ संकलन गरी सके पछि भदौँदेखि फागुनसम्म विरुवा सुस्त हुन्छ, यो भनेको विरुवालाई काट्छाट् गर्ने समय र विरुवाले गर्भधाररण गर्ने समय पनि हो ।
गुुणस्तीय स्याउ उत्पादनका लागि स्याउ वगैँचा व्यवस्थापन गर्न आवश्यक हुन्छ । पुस महिना देखि फागुन महिनासम्म वगैँचा व्यवस्थापन गरि सक्नु पर्ने कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत देवकोटाले बताए ।
पहिले भन्दा २÷३ वर्षदेखि किसानहरुले वगैँचा व्यवस्थापन गर्नमा जागुरुक भएका छन् । अहिले जिल्ला कृषि विकास कार्यालय, साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला लगायत कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाहरुका प्राविधिक टोली सहित किसानका स्याउ वगैँचामा कृषकलाई स्याउ बगैँचा व्यवस्थापन सम्वन्धी प्रशिक्षण दिने काम गरिरहेका छन् ।
व्यवसायिक कृषकलाई सिचाईका लागि हिउँ पोखरी अनुदानमा दिएको योजना अधिकृत देवकोटाले बताए । उनले भने जुम्लामा १८ हजार घरधुरी मध्ये १६ हजार घरधुरीमा स्याउ बगैँचा र नयाँ विरुवा
रोपेका छन् ।