बुद्धिमान पुन
सल्यान । सल्यानको एक नगरपािलका भित्र बिरामी बोक्ने स्टेचरको भाडा तिर्नु पर्ने बाध्यता रहेको छ । बिरामी बोक्नलाई एम्बुलेन्स वा अन्य कुनै सवारी साधनको प्रयोग गरेमा भाडा तिर्नु पर्ने अबस्था छदैँ छ तर यहाँ भने स्टेचरको समेत भाडा तिर्नु पर्ने अबस्था रहेको छ ।
स्टेचरले गर्भबती महिलालाई सुत्केरी बनाउन स्वास्थ्य संस्था सम्म लैजानुका साथै बिरामीहरुलाई स्वास्थ्य संस्था सम्म लैजान र ल्याउन महत्वपूर्ण भूमिका निर्बाह गर्छ । स्टेचर हरेक स्वास्थ्य संस्थाहरुका साथै महिला स्वास्थ्य स्वयमसेबिकाहरुको निगरानीमा हरेक टोलहरुमा रहेका हुन्छन् ।
तर जिल्लाको बागचौर नगरपालिका अन्र्तगत कोटमौलाका स्थानियहरुले भने भाडा तिरेर स्टेचरको प्रयोग गर्ने गरेका छन् । आफ्नो टोमा स्टेचर नहुदाँ दुई सय रुपैँया भाडा तिरेर स्टेचरको प्रयोग गरेको बागचौर नगरपालिका वडा नम्बर ९ बथान कि पबिता कुमारी शर्माले बताईन् ।
‘हाम्रो टोलमा भएको स्टेचर पुरानो भएर जिर्ण भएको रहिछ, केही दिन पहिलेको कुरा हो, गर्भबतीलाई सुत्केरी बनाउन स्वास्थ्य संस्था सम्म लैजान अन्य कुनै साधन भएन, दुई सय रुपैँया भाडा तिरेर पनि स्टेचरमा बोकेर स्वास्थ्य संस्था पु¥यायौँ’– कोटमौला स्वास्थ्य चौकीमा आयोजना गरेको स्वास्थ्यका लागी बहस कार्यक्रममा उनले भनिन् । उनले आफ्नो टोलमा स्टेचर नहुदाँ क्षत्रेश्वरी गाउपालिका वडा नम्बर १ बाट स्टेचर लिएर प्रयोग गरेको बताईन् ।
उनले आफ्नो टोलमा स्टेचर नहुदाँ समस्या हुने गरेको बताईन् । ‘सरकार वा अन्य निकायले खरिद गरेको भए निशुल्क पाईन्थ्यो होला, तर स्थानिय आमा समुहले नै खरिद गरेको हुनु पर्छ, त्यसैले स्टेचरको भाडा तिर्नु प¥यो’ उनले थपिन– ‘स्टेचर नहुदाँ समस्या हुदो रहिछ, हाम्रो आमा समुहले पनि स्टेचर किन्ने निर्णय गरेको छ ।’
यस्तै बागचौर नगरपालिका वडा नम्बर ८ गैरागाँउ की निर्मला चन्दले पनि स्टेचर नहुदाँ समस्या भएको बताईन् । ‘यहाँ स्टेचर छैन्, स्टेचर नुहदाँ बिरामी बोक्नुका साथै गर्भबतीलाई सुत्केरी बनाउन स्वास्थ्य संस्था सम्म लैजान समस्या हुने गरेको छ’– उनले भनिन् ।
बर्थिङ सेन्टर सञ्चालन भएको कोटमौला स्वास्थ्य चौकीमा पनि स्टेचर जिर्ण हुदाँ समस्या हुने गरेको छ । ‘स्वास्थ्य चौकीमा स्टेचर छन्, तर अलि जिर्ण अबस्थामा रहेका छन्, साबिक कोटमौला भित्रका सबै टोलहरुमा पनि स्टेचर जिर्ण अबस्थामा छन् भन्ने खबर आएको छ’ – कोटमौला स्वास्थ्य चौकीका ईन्चार्ज हरी बहादुर कठायतले बताए ।
यसैबिच बागचौर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितीका अध्यक्ष रोमु शाहीले यसै आर्थिक बर्षमा हरेक टोल टोलमा पुग्ने गरी स्टेचर खरिद गर्ने बताए । आफु जनताको प्रतिनिधि भएको बताउदैँ जनतालाई सहज हुने प्रकारका कामहरु गर्ने उनले बताए ।