सुर्खेत । प्रदेश नम्बर ६ को प्रदेश प्रमुख कार्यालयले नीजि सचिवालय विस्तार गरेको छ । प्रदेश प्रमुखको १२ जना निजि सचिवालयमा बुधबार ४ जनालाई नियुक्त गरेको हो ।

प्रदेश प्रमुखको प्रेस सल्लाहकारमा श्रीधर पौडेल नियुक्त भएका छन् । कानुनी सल्लाहकारमा निर्मल देवकोटा, सह–स्वकीय सचविमा सशील खनाल र स्वकीय अधिकृतमा उत्तम आचार्यलाई नियुक्त भएका छन् ।
अन्य ८ कर्मचारी नियुक्त गर्ने प्रक्रिया जारी रहेको प्रदेश प्रमुख दुर्गाकेशर खनालले जानकारी दिए । मिडियाले प्रदेश मन्त्रालय, संसद सचिवालय निर्माण अपुग र अस्तव्यस्त भएको भन्ने समाचार सम्प्रेषण गरेकोमा दुःख व्यक्त गरे ।
‘हामी सवैको प्रदेश हो, सहज रुपमा व्यवस्थापनमा जुटिरहेका छौं’ खनालले भने,–‘प्रदेश व्यवस्थापनमा चुनौती भएपनि मिडियाले सकरात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।’
यता, प्रदेश कार्यालयका सचिव भरत ढुंगानाले दरवन्दी अनुसारका कर्मचारी कार्यालयमा नआए पनि कुनै काम अवरुद्ध नभएको जानकारी दिए । ‘जनशक्ती नआएकै कारण काम रोकिएको छैन्’ ढुंगानाले भने,–‘मन्त्रीपरिषद्क निर्णय प्रक्रियागत रुपमा आउन ढिला हुन्छ, तर यही भएकै कर्मचारीहरुबाट कार्यालयको काम व्यवस्थापन गरिरहेका छौं ।’