☰ open Loading... 26 November 2024|  

प्रदेश ६ : पहिलो बैठकको कार्यसूची तयार
  | १९ माघ २०७४, शुक्रबार १५:५२

सुर्खेत । प्रदेश नम्बर ६ को ऐतिहासिक पहिलो संसद बैठकमा तीन विषयमाथि छलफल गर्न कार्यसूची तयार गरिएको छ । प्रदेश ६ को संसद सचिवायल र दलहरुविच भएको सर्वपक्षिय वैठकले मुख्यगरी तीन विषयमाथि छलफल गर्न कार्यसूची तयार गरेको हो ।

 

माघ २१ गते दिउसो १ बजे बस्ने संसद बैठकले मुख्यगरी संसद वैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वाक्ताहरुको विषयमा कार्यसूचि तयार पारेको छ ।

प्रदेश संसद सचिवालयका सचिव कृष्ण हरी खड्काले आइतबार बस्ने पहिलो बैठकले सभामुख चयन गर्ने मिति तोक्ने जानकारी दिए । उनका अनुसार माघ २९ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव कार्यसूचिमा राखिएको छ ।

यता, प्रदेश सभा वैठक स्थलमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको खड्काले बताए । उनले शनिवारसम्म सभा हलको सवै तयारी पूरा हुने उल्लेख गरे ।