डोटी । वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा पाएको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीका लागि पोलिटव्यूरो सदस्य एवंम डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ ।
शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस भएको हो । पार्टी प्रदेश कमिटी सचिवालयले दिएको जानकारी अनुसार छलफलमा भट्टको नाममा सहमति भएको छ । यसको औपचारिक निर्णय हुन भने बाँकी छ ।
केही समयभित्रै औपचारिक निर्णय हुने पार्टी सचिवालयले जानकारी दिएको हो । ‘प्रदेश कमिटीबाट भट्टको नाममा सहमति भएको छ’ माओवादी केन्द्रका ७ नं। प्रदेश संयोजक लक्ष्मणदत्त जोशीले भने ‘अब दुईरतीन दिनभित्र केन्ऽले निर्णय गर्छ होला ।’
मुख्यमन्त्री पदका लागि पार्टीभित्र वीरभान चौधरी, झपट बोहरा र मानवहादुर धामीको नाम व्यापक चर्चामा रहेको थियो । तर, पार्टी प्रदेश कमिटीले तुलनात्मक रुपमा कम चर्चामा रहेका भट्टको नाम अघि सारेको छ ।
सरकारले प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि पहाड र तराईको सन्तुलन मिलाउने गरी पहाडलाई मुख्यमन्त्री दिने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको बुझिएको छ ।
द्वन्द्वकालमा भूमिगत राजनीतिक जीवन बिताएका भट्ट माओवादीभत्र इमानदार र नैतिकवान कार्यकर्ताका रुपमा परिचित छन् ।
वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भन्ने यस अघिनै एमाले(माओवादीबीच सहमति भइसकेको हुँदा भट्ट मुख्यमन्त्री बन्ने करिब करिब निश्चित देखिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद रहेका छन् भने कांग्रेसका १२ र राजपाका दुई सांसद छन्