☰ open Loading... 26 November 2024|  

क्रिकेट मैदानको माग गर्दै ज्ञापनपत्र पेश
  | १९ माघ २०७४, शुक्रबार १८:१६

सुर्खेत ।  जिल्ला क्रिकेट संघ सुर्खेतले क्रिकेट मैदानको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । सुर्खेत उपत्यका नगर विकास समितिलाई संघका अध्यक्ष श्रीधर केसीसहितको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् ।

दुई दशकदेखी सुर्खेतमा क्रिकेट मैदान नभएर खेलाडीहरु पलायन भएको भन्दै संघले जग्गा माग गरेको छ । क्रिकेटप्रति खेलाडीहरुको मोह बढेपनि आफ्नै खेल मैदान नहुँदा खेलाडीहरुलाई प्रशिक्षण दिन समस्या भएको संघका अध्यक्ष केसीले जानकारी दिए ।

उनले सुर्खेतमै सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण गर्न आफूहरु लागेको बताए । सरकारले क्रिकेट मैदानको लागि एक एक करोड बजेट विनियोजन गरेपनि सुर्खेतमा मैदान नै नभएकोमा आक्रोश व्यक्त गरे ।

ज्ञापनपत्र बुझ्दै समितिका अध्यक्ष नारायणप्रसाद कोइरालाले भएका अधिकाँश जग्गा खाली नभएको भन्दै अध्ययन गरे आवश्यक स्थानमा जग्गा उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

क्रिकेट मैदानका लागि विगतदेखी नै जग्गा छनौट नगरिएको भन्दै यसका लागि आफूले सक्दो पहल हुने कोइरालाले बताए । ज्ञापन पत्र बुझाउन संघका पूर्व अध्यक्ष पदमबहादुर खड्का, सचिव प्रकाश भुसाल, सहसचिव सन्दीप कोइराल लगायत सहभागी थिए ।