☰ open Loading... 26 April 2024|  

दोब्बर नाफाको लोभमा अनुदानको चामलबाट रक्सी !
  | १९ माघ २०७४, शुक्रबार १८:३६

जुम्ला । नागरिक भोकै छन् भनेर राज्य अनुदानको चामल बाँडिरहेको छ । तर नागरिकको मन मुनाफामा । त्यसैले राज्यले बाँडेको चामलले भोक होइन, पैसाको भोक पो मारिरहेका छन् ।

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री–वितरण गरेको चामलबाट रक्सी बनाउँदा दोब्बर मुनाफा हुने बताउँछन् स्थानीय । ‘चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ,’ पातारासीका माबहादुर राउतले भने, ‘अरुवा मोटो चामलबाट घरेलु मदिरा निकै राम्रो बन्छ, यसबाट बनाएको मदिरा प्रतिबोतल एकसय रुपैयाँमा बिक्री हुने भएकाले अनुदानको चामलबाट मदिरा बनाइएको पाइएको छ ।’

उसो त अनुदानको चामलको स्वाद नमिठो भएकाले पनि मदिरा बनाउन प्रयोग भएको पाइएको छ । भोकमरीमा चामल नपाएर कतिले ज्याननै गुमाएका छन् तर केहीलाई भने अनुदानको चामल नाफा कमाउने मदिरा उत्पादन बनाउन सहयोग पुगिरहेको छ ।

खाद्य संस्थान जुम्लाका प्रमुख रणबहादुर ऐर नै भन्छन्, ‘चामलको मदिरा बनाएर कमाएको पैसाले बजारमा पाइने महँगो चामल किनेर खाने गरेको पाएका छौँ ।

स्राेत ः जनतासमाचार