बुद्धिमान पुन, सल्यान ।
कुनै बेला सेवाग्राहीको निकै भिडभाड तथा चहल पहल हुने जिल्ला बिकास समितिको कार्यालय सल्यान नाम फेरिए संगै सुनसान बनेको छ । जिल्ला बिकास समिती बाट नाम फेरिएर जिल्ला समन्वय समिति भए सँगै अहिले प्राय सुनसान हुने गरेको हो । एकातीर नाम फेरिनु, अर्कोतीर सेवाग्राही पनि नआउनु जस्ता कारणले यो कार्यालयमा सुनसान बनेको हो ।
कार्यालयमा कुनै पनि सेवा ग्राहि नआउदा कार्यालय नै निसुरो हुने गरेको स्वयम कर्मचारीहरु नै बताउँछन् । त्यस्तै कार्यालयको नाम फेरीए संगै कर्मचारीहरु पनि स्थानिय तहमा गए पछि यस्तो भएको हो । अहिले यस कार्यालयमा न त पहिले जस्तै सेवाग्राही आउछन्, न त कर्मचारी नै छन् ।
स्थानीय तहको पुर्नसंरना संगै अधिकार गाउँपालिका र नगरपालिकामा बिकेन्द्रित भएपछि जिल्ला विकास समितिको नाम जिल्ला समन्वय समिति राखिएको थियो । नाम परिवर्तन भएसँगै कार्यालयमा आउने सेवाग्राहीहरु पनि परिवर्तन भएका छन् ।
अहिले जिल्ला समन्वय समितीमा बिकास निर्माणका कामहरुको लागी आउने सेवाग्राहीहरुको संख्यामा शून्य रहेको जिल्ला समन्वय समिती सल्यानका सुचना अधिकारी पूर्ण बहादुर वलीले बताए । ‘यहाँ आउने सेवाग्राहीहरु अहिले नगरपालिका, गाँउपालिकामा जाने गरेका छन् । समन्वय समितीको अहिले बिभिन्न निकाय संग समन्वय गर्ने काम भैरहेको छ’ –उनले भने ।
योजना माग गर्ने, योजनाको फरफार गर्ने लगायत कामहरुका लागि सेवाग्राहीले भरिभराउ हुने उहिलेको जिल्ला विकास समिति अचेल भने शान्त एवं सुनसान छ ।नले अहिले जिल्लामा भएका र भैरहेका कामहरुको अनुगमण तथा निरिक्षण गर्ने काम भैरहेको बताए ।
उनले विकास निमार्णका योजना संचालन गर्ने जिल्ला विकास समितिको सम्पुर्ण अधिकार गाउपालिका र नगरपालिकालाई भएपछि प्राय सेवाग्राही नआउने गरेको बताए । जिल्ला बिकास समिती हुदाँ ३० जनाको हाराहारीमा भएका कर्मचारीहरु अहिले घटेर १२÷१३ जनामा आएका छन् ।