| २१ माघ २०७४, आईतवार ०८:४०
सुर्खेत । प्रदेश नं. ६ मा प्रदेशसभा सदस्यको पहिलो वैठक आज बस्ने भएको छ । प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षता सिंचाई विकास डिभिजनको सभाहल बैठक बस्ने भएकाे हाे । आज १ बजे बस्ने बैठकमा तीन विषयमाथि छलफल गर्न कार्यसूची तयार गरिएको छ ।
बैठकले मुख्यगरी संसद वैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वाक्ताहरुको विषयमा कार्यसूचि तयार पारेको हाे।प्रदेश संसद सचिवालयका सचिव कृष्ण हरी खड्काले आइतबार बस्ने पहिलो बैठकले सभामुख चयन गर्ने मिति तोक्ने जानकारी दिए । उनका अनुसार माघ २९ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव कार्यसूचिमा राखिएको छ ।
संसद बैठकमा प्रदेश ६ का ४० जना सांसद सहभागी हुनेछन्