☰ open Loading... 24 February 2025|  

प्रदेश ६ : सभामुख नै हासेपछि सभाहल गुञ्जायमान…
  | २१ माघ २०७४, आईतवार १८:५१

मदन विक
सुृर्खेत ।   प्रदेश सभाको बैठक दिउसो १ बजे बोलाइएको थियो । प्रदेश सभाका जेष्ठ सदस्य अथात् सभामुख हिमबहादुर शाहीको अध्यक्षतामै बैठक आह्वान गरिएको थियो । बैठकमा चार ओटा दलबाट प्रतिनिधित्व गर्ने चारलाई बोल्ने कार्यसूची थियो ।

सबैभन्दा पहिला राप्रपाबाट प्रतिनिधित्व गर्ने शोशिला शाही, दोस्रोमा नेपाली कांग्रेस हुम्लाका सांसद जीवनबहादुर शाही, माओवादीबाट कालिकोटका सांसद् महेन्द्रबहादुर शाही र अन्तिममा एमालेका सुर्खेतबाट सांसद यामलाल कँडेललाई बोल्न समय दिइएको थियो ।

मन्तव्य क्रम सकियो । त्यसपछि सभामुख हिमबहादुर शाहीले प्रदेश सभा कार्य सञ्चालनका लागि अन्तरिम कार्यविधि २०७४ पास गर्ने प्रस्ताव पढ्दा हास्दै भने, ‘कार्यविधि पारितको पक्षमा हुने माननीय ज्युले टेवुल ठोक्न आह्वान गर्दछु ।’

उनको यो शव्द सुन्दा सभाहलका सांसद र अन्य अथिति मात्रै हैन, सभाहल बाहिर बसेका अथितिहरुले हासो थाम्न सकेनन् । कारण, थियो, अस्थायी संसद बैठकमा कुर्सी बाहेक सांसदहरुको अघि टेवुल नै थिएन् ।

यस्तै बैठकमा सबैभन्दा पहिला कालिकोट जिल्लाबाट राप्रपा समानुपातिकबाट निर्वा्चित शोसिला शाहीको बोल्ने पालो पाइन ।  राप्रपाकी एक्ली सांसद शाहीले संसद बैठकमा खुलेरै राजसंस्थाका विषयमा बढी समय खर्चिन् ।