☰ open Loading... 29 March 2024|  

राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा
  | २३ माघ २०७४, मंगलवार १७:३९

सुर्खेत । प्रदेश नम्बर ६ मा राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको छ । बुधबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक तयारी पूरा गरेको हो ।


निर्वाचनका लागि भौतिक पूर्वाधार व्यवस्थापन तयारी पारिएको छ भने सुरक्षा व्यवस्था समेत मिलाइएको छ । वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान हुनेछ । विहान १० बजेदेखी दिउसो ३ बजेसम्म मतदान हुनेछ ।

मतदानका लागि स्थानीय निकायका प्रमख र उपप्रमुख तथा प्रदेश सांसदहरूकाे अलग्गै मतदान केन्द्र बनाइएकाे छ । ८ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

वाम गठबन्धनबाट ८ र नेपाली कांग्रेसबाट ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश ६ मा रहेका १० जिल्लाका ७९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १५८ र ४० जना प्रदेश सांसदले मतदान गर्नेछन् ।

मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले शतप्रतिशत मत खासाल्नका लागि दलहरुसंग समन्वय भइरहेको जानकारी दिए । उनका अनुसार मतदानमा १८ जना कर्मचारी खटिनेछन् ।