☰ open Loading... 26 April 2024|  

‘पर्यटक प्रवद्र्धनमा जोड् दिन्छौं’
  | २५ माघ २०७४, बिहीबार १७:४०

उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष प्रत्यासि कुलबहादुर विकसंगको कुराकानी ।

१) चुनाव तपाईको एजेण्डा के ?

–चुनावमा मैले प्रतिवद्धता पत्र मार्फत धेरै कुराहरु ब्यापारिहरुमाँझ पुगेको छु । यस पहिले पनि उद्योग बाणिज्य भवन मैले सुरुमा सहयोग गरेको हुँ अहिले पनि जितेपछि अर्को तला थपेर ब्यवसायिक भवनका साथै जिल्लाकै सुविधासम्पन्न सभा हल बनाउने मेरो लक्ष्य छ । सुर्खेतदेखी हुँदै कालिकोट जुम्ला मानसरोवर पुग्ने सडकको लागि सरकारसंग पहल गर्नेछु । सडकको लागि विगतमा पनि पहल गरेको हुँ । संस्थागत रुपमा उद्योग बाणिज्य महासंघ मार्फत पनि अवका दिनमा पहल गर्नेछु । मध्यपहाडी लोकमार्ग तत्काल कालोपत्रे गर्नका लागि लाग्नेछु । जसले गर्दा ब्यवसायीहरु राम्रो हुने छ । ब्यवसायीको बजारिकरणमा मद्दत पुग्नेछ । यो जिल्ला कृषि उत्पादनमा निर्भर छ । पकेट क्षेत्रको बजारिकरणमा अँझ लाग्नेछु । जसले किसानहरुको आर्यस्तर छ । जडिबुटी धेरै भएकाले जिल्लामा प्रशोधन केन्द्र बनाउन लाग्नेछु ।

२) तपाईको जित्नेपछि कस्ता योजना बनाउनु भएको छ ?  

–कृषि क्षेत्र, पर्यटन क्षेत्रमा योजना बनाएर काम गर्छु । दैलेखका सवै ब्यापारिहरुलाई जोडन्का लागि विकास योजनामा सवैसंग हातेमालो गरेर लाग्छु । दैलेखको विकास लागि आफु निर्वाचित भएपछि सवैसंग समन्वय भएर अन्तरजिल्ला जोडने सडकदेखी पर्यटकिय मार्ग मानसरोवर जाने सडकका लागि पहल गर्नेछु । ग्यास पेटोल खानी छ त्यसको उत्खनन्का लागि सरकारसं पहल गर्नेछु ।

३) देश नयाँ संरचनामा गएको छ । जहाँ स्थानीय तह, प्रदेश छन् । तपाई जितेपछि उद्योग ब्यापार प्रवद्र्धनका लागि कस्तो समन्वय गनुहुन्छ ? 

–अहिले चाही राज्यको ३ खम्वे निति अनुसार सम्पूर्ण केन्द्रको निति थियो । केन्द्रदेखी स्थानीय तहसम्म अधिकार विकेन्द्रिकरण भएको छ । त्यस अनुसार जिल्लाबाट स्थानीत तहसम्म पुग्दैछ । उहाँहरुसंग समन्वय गरेर उद्योग ब्यापार प्रवद्र्धनका लागि लाग्नेछु । सवै अधिकार गाउँमै पुगेको बेला ब्यापार ब्यवसायमा पनि सहज गराउने तर्फ मेरो भुमिका हुने छ । गाँउ पालिकामा शाखा रहन्छ । सवै तहमा गएर समस्या समाधानका लागि लाग्नेछु । यहाँका ब्यापारीहरुको हकहितका लागि प्रदेश सरकारसंग समन्वय भुमिका हुनेछ ।

४) आर्थिक स्तर बढाउन पर्यटक प्रवद्र्धनका लागि केही योजना छ ? 

– दैलेख भनेको मान पाएर पनि चाल नपाएको हो । यहाँ सम्भावनका धेरै ठाँउ छ । प्रचार भए जो एक पटक हेर्न आएपछि धेरै नै पर्यटकहरु आउँछन् । प्रकृतीले भरिपूर्ण, सम्पदाले भरिपूर्ण, सांस्कृतीकले पनि । अँझ धार्मीक हिसावले धेरै नै धनि जिल्ला हो । यसको ब्यवस्थापन हुने क्रम छ । अँझ प्रचारप्रसार र भौतिक विकास प्रयाप्त भएमा पर्यटकहरु आउने छन् त्यही कुरामा योजना बनाएर पर्यटक प्रवद्र्धनमा जोड् दिन्छौं । जातजातिको उद्गम स्थन, धार्मीक सांस्कृती र सम्पदाहरुलाई चिनाउन स्थानीय सरकारसंग समन्वय गरेर गुरुयोजना बनाएर काम गर्ने छु । पर्यटक प्रवद्र्धन मार्फत प्रचारप्रसार गर्न सके, आर्थिक स्तर पनि बढ्ने छ । त्यसले गर्दा जिल्ला अँझ आर्थिक रुपमा धनी हुने छ ।

५) विगतभन्दा अहिले चुनावप्रचार शैली भड्किलो देखीएको गुनासो आएको छ नी के हो ? 

–सार्दभिक प्रश्न आयो । यो भन्दा पहिले पहिले भन्दा अहिले हेर्दा त्यस्तो देखीएको हो । विगतदेखी भड्किलो चुनाव देखीउको हो । अहिले भड्किलो नबनाउने भनेर समझदारी भएको हो । उछन्ने प्रवृतीले यस्तो देखीएको हो । प्रचारप्रसार क्रममा जिल्लामा यस्तो देखीएपनि भड्किलो घट्ने क्रममा हामी प्रयासरत छौं ।

६) उद्योगी, ब्यापारिलाई के भन्न चाहनु हुन्छ ?  

–जिल्लामा म लामो समयदेखी भैरहवा सुनचादी पसल संञ्चालन हुँदै आएको सवैलाई सर्ववित्तितै छ । साधारण ब्यवसायी हुँ सवैले उद्योग बाणिज्यमा लडनुपर्छ भनेर धेरै सदस्यहरुले भने पछि लडेको हुँ । बाणिज्य उपाध्यक्ष भएर काम गरे । उपाध्यक्ष हुँदा विगतमा धेरै कामहरु मैले नै गरेको छु । अँझ धेरै कामहरु गर्नका लागि अध्यक्षमा लडेको छु । सवैको सहयोगको अपेक्षा गरेको छु । मैले यहाँ भनेर भन्दा पनि काम गरेर देखाउने हो । अहिले अध्यक्षको रुपमा लड्नका लागि पूर्व अध्यक्ष देखी कार्यसमितिका सदस्यहरु लगायत सवैको सहयोगमा चुनावमा होमिएको छु । सवैलाई सहयोग गर्नहुन अनुरोध गर्दछु ।