सुर्खेत । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा सञ्चालन हुन लागेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ मेलाको शुक्रबार उद्घाटन हुने भएको छ ।
आज २६ गतेदेखि फागुन ८ गतेसम्म नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं। ६ को आयोजना हुने महोत्सवको उद्घाटन प्रदेश नंं. ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले एक विशेष समारोहका वीच उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
३ लाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन सहित करिव १५ करोड बराबरको कारोबार हुने अनुमान भएको महोत्सवका संयोजक पदम शाहीले जानकारी दिए । उनले महोत्सवमा अन्तर्रा्ष्ट्रिय स्टलहरुदेखि विभिन्न राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रमहरु समेत रहने वताए । यस क्षेत्रको पर्यटन तथा कृषि र लघु उद्यम समेतको विकास र विस्तार गर्नका लागि कृषिसँग सम्बन्धित स्टलहरु समेत रहने उनले वताए ।
प्रदेशको बलियो आधारको रुपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खानीखनिज तथा जडिबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धनका लागि पहिलो पटक प्रदेशस्तरीय महोत्सव गर्न लागिएको आयोजकको भनाई छ ।
महोत्सवले प्रदेशको राजधानी सुर्खेतलाई स्थापित गराउने र अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए । प्रदेश नं। ६ का १० वटै जिल्लाका उद्योग बाणिज्य संघहरु सहआयोजक भएकोले यसपटकको प्रदेशस्तरीय महोत्सव ६ नं। को महोत्सव भएको अध्यक्ष शाहीको भनाइ छ ।
महोत्सवमा राष्ट्रिय तथा चर्तित स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत रहने भएकोले यसले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने छ । महोत्सव यही माघ २६ देखि फागुन ८ सम्म १२ दिन संचालन हुनेछ ।