☰ open Loading... 17 November 2024|  

प्रदेश ६ को सभामुखमा शाहीकाे एकल उम्मेदवारी
  | २८ माघ २०७४, आईतवार १५:१८

सुर्खेत । प्रदेश नम्बर ६ को प्रदेशसभाको सभामुख पदमा दैलेख निर्वाचन क्षेत्र नं. २ को (ख) बाट निर्वाचित एमालेका सांसद राजबहादुर शाहीको मात्र उम्मेदवारी परेको छ । आईतबार दिउँसो १ बजेदेखि २ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिकाबमोजिम सो पदका लागि सांसद शाहीको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सचिवालयका सचिव कृष्ण हरि खड्काले जानकारी दिए ।

सभामुखमा शाहीको उम्मेदवारीको प्रस्तावकमा एमालका सांसद प्रकाश ज्वाला समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद् महेन्द्रबहादुर शाही बसेका छन । सभामुखमा शाहीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

 

यद्यपी औपचारिक रुपमा यसको घोषणा भने यही माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकबाट गरिनेछ ।  एमाले संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रदेशसभा सांसद शाहीलाई प्रदेश सभाको सभामुखमा उठाउने निर्णय गरेको थियो ।

एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार यो प्रदेशको मुख्य मन्त्रीमा माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले लिनेछन् ।