सुर्खेत । आइतबार वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । अाकाश भरी बादल, चिसाै माैसम । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए ।
शुक्रबारदेखि वीरेन्द्रनगमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापारी पर्यटन तथा कृषि महोत्सवको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए ।
हुन त गायक, खरलेभन्दा पहिला चर्चित लोक गायक पुर्णकला विसीले पनि आफ्ना गीतहरु दर्शकलाई सुनाइ सकेका थिए । तर पनि दर्शकहरुको सांगितिक प्यास भने मेटिएको थिएन ।
मञ्चमा राष्ट्रिय तथा स्थानीय जति जनाले जति गीत र नृत्य देखिए पनि सुर्खेतीले खुलामञ्चमा धुलो उडाउने मौका पाएनन् । अन्नत पुर्णाकलाको अमात्यको गीत सकियो । उद्घोषिकाले दर्शकहरुको प्रतिक्षाको घडी सकिएको वाक्य फाल्दा माहोल शान्त जस्तै भयो ।
‘अव तपाइहरुलाई धुलो उडाउने गरी नचाउन तपाइकै ढुकढुकीमा बस्न सफल चर्चित गायक‘‘‘.लाई बोलाउँदैछु ।’ उदघोषकले भन्दा पूरै दर्शकहरुले आफै गायक प्रमोद खरेलको नाम लिएर ।
अन्तत गायक प्रमोद खरेल स्टेजमा प्रवेश गरे । शुरुवातीमै गायक खरेलले
उसले जति माया तिम्लाई, मैले पनि दिन्थे होला
संसारका सारा खुसी, तिम्रै लागि किन्थे होला ।।
बोलको गीत गाउँदा दर्शकहरुलाई सुरक्षाकर्मी, स्काउट र स्वयमसेविकलाई थाम्नै मुश्किल भयो ।
गायक खरेलले एक गीत सक्न नपउँदै दर्शक दिशाबाट ‘वान्स मोर वान्स मोर’ स्वर गुञ्जयमान हुन्थ्यो । गायक खरेलले पनि सुर्खेती दर्शकहरुका म विना कसैकसैलाई‘.., हंगामा भो लगायतका आफ्ना आधा दर्जन चर्चित गीतहरु गाएर दर्शकलाई नचाए ।
झण्डै एक घण्टा स्टेजमा समय दिएका गायक खरले सवै दर्शकको तिर्सना मेटाए । प्रायः सुर्खेतमा लाग्ने महोत्सव नछुटाउने गायक खरेललाई सुर्खेती दर्शकहरुले रुचाउछन् ।