☰ open Loading... 16 April 2024|  

प्रदेश ६ : शाही सभामुखमा निर्वाचित
  | २९ माघ २०७४, सोमबार १४:३०

सुर्खेत । प्रदेश नं. ६ मा सभामुख निर्विरोध चयन भएका छन । सोमबार बसेको प्रदेश सभाको दोस्रो बैठकबाट दैलेख निर्वाचन क्षेत्र नं. २ (ख)बाट निर्वाचित एमालेका सांसद राबहादुर शाही निर्विरोध चयन भएका हुन ।

बैठकमा एमालेका प्रकाश ज्वालाले प्रस्ताव राखेका थिए । ज्वालाले राखेको प्रस्तावलाई माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए ।

शाहीलार्इ प्रदेश प्रमुख दुर्गाकेशर खनालले अाजै दिउसाे ४ बजे शपथ खुउनेछन् । सपथका लागि तयारी पूरा भएकाे छ । शपथ पश्चात शाहीले अाजै पदभार ग्रहण गर्न संसद सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।