पञ्चायतको विरुद्धमा चर्कोे नारा लगाएको आरोपमा ७ दिन जेल जीवन विताएका राजबहादुर शाही २०२६ साल मंसिर २९ गते साविकको तोलिजैसी गाविस वडा नम्बर ७ मा जन्मिएका हुन् । उनको जन्मगाउँ हालको ठाँटिकाँध गाउँपालिका वडा नम्बर ६ हो । शााहीको बाल्यकाल गाउमै वित्यो । सभामुख शाही दैलेख निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन ।
शाहीले कक्षा ८ सम्म गाउँकै कालिका निम्न माध्यमिक (हालको मावि) विद्यालय तोलीजैसीमा अध्ययन गरे । त्यसपछि ९ र १० त्रिभुवन मावि दैलेखबाट बाँकी माध्यामिक शिक्षा हासिल गरे । शाहीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइकम पास गरे ।
विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका शाही सालिन र जनताका लोकप्रिय नेताको रुपमा चिनिन्छन् । २०३९ सालमा नेपाली विद्यार्थी हित समितिबाट राजनीतिमा होमिएका हुन ।
शाही मजदुर किसान पार्टी निकट नेपाल मजदुर विद्यार्थी संघ आवद्ध हुँदै नेपाल मजदुर किसान पार्टीमा संगठित भए । मजदुर पार्टी दैलेखको २०४५ सालमा पार्टीको इलाका कमिटीमा काम गर्ने जिम्मेवारी बहन गरे ।
०४६–०४८ सालसम्म शाहीले नेपालगञ्ज बहुमुखि क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघकोतर्फबाट सभापति भएर तीन वर्ष काम गर्ने जिम्मेवारी पाएका थिए ।
शाही २०४८ सालमा नेपाल मजदुर किसान पार्टीको जिल्ला सम्मेलनबाट सदस्यमा निवार्चित भई पार्टीको जिल्ला नेतृत्वमा पुगे । ०५२ साल साउन १० गते मजदुर किसान पार्टी र नेकपा एमाले बीच पार्टी एकिकरण भयो । एकिकरण भएपछि०५२ सालमा शाही नेकपा एमालेको विभागिय सदस्य भएर काम गरे ।
सरकारले ०५४ सालमा स्थानीय निकायको निर्वाचन ग¥यो । आइ कम पास भएका शाहीले ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भई तोलीजोशी गाविसमा समाजको सेवा गर्ने जिम्मेवार बहन गरे ।
लगत्तै उनि गाविस राष्ट्रिय महासंघको जिल्ला अध्यक्ष समेत बने । विसं. ०६९ सम्म नेता शाही एमालेको जिल्ला कमिटि सदस्य भए । ०६९ सालदेखि एमालेको नवौं महाधिवेशनसम्म उनी एमालेको अञ्चल समन्वय कमिटिको सदस्य बने ।
र अहिले आइपुग्दा उनी पार्टीको कुनै पनि जिम्मेवारीमा थिएनन् । उनका आमा–बाबुको इच्छा थियो–‘छोरो समाजसेवी बनोस ।’ सभामुख शाही आमाको प्रेरणाबाट राजनीतिकमा होमिएका थिए ।