सुर्खेत । अनुदानले मात्रै प्रदेश नम्बर ६ नबन्ने माओवादी केन्द्रका सांसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बताएका छन । विगतका दिनहरु अनुदानबाटै देश संचालन भएकाले अब अनुदानबाट प्रदेशलाई समृद्ध बनाउन नसकिने धारणा उनको थियो ।
प्रदेश ६ को दोस्रो संसद बैठकमा साेमबार बोल्दै नेता शाहीले आर्थिक रुपमा बलियो प्रदेश निर्माण गर्न प्रदेश भित्रका स्रोत साधनहरुलाई उचित रुपमा परिचालन गर्नुपर्ने बेला अाएकाे बताए ।
अभाव र चुनाैतीका विच प्रदेश स्थापना भएकाे भन्दै नेता शाहीले पहिचान खाेतल्दै अाएका समस्याहरूलार्इ सही रूपमा व्यवस्थापन गरेर अात्मनिर्भरकाे प्रदेश निर्माण गर्न हातेमालाे गर्नु जरूरी रहेकाे भनाइ राखे ।
स्रोत साधनले प्रदेश धनी भएपनि असल नेतृत्व नहुँदा पछि परेको उनले उल्लेख गरे । ‘पाँच वर्षमा स्रोत र साधनको उचित रुपमा परिचालन गर्नुपर्ने भएको छ’ शाहीले भने,–‘उचित प्रयोग गरेर लाभ लिन सवैको साथ र समर्थन आवश्यक छ ।’ अवको पाँच वर्षमा पक्ष वा विपक्ष नभनेर प्रदेश निर्माणमा सशक्त रुपमा अघि बढ्नु पर्ने समय आएकोले एक हुन आग्रह गरे ।