Loading... 14 December 2018|   शुक्रबार, मंसिर २८, २०७५

महोत्सवको लक्ष्य : समृद्ध दैलेख

  |

सोमवारदेखि दैलेखमा ‘दैलेख महोत्सव’ सुरु भएको छ । दैलेखको सांस्कृति पहिचानको लक्ष सहित आयोजना गरिएको यो महोत्सवमा उत्साहजन दर्शकहरुको सहभागीता रहेको छ । महोत्सवको लक्ष र उदेश्यका बारेमा महोत्सव आयोजक रिपोर्टस् क्लव दैलेखका अध्यक्ष एबं महोत्सव मुल आयोजक समिमतिका संयोजक गोविन्द केसीसंग गरिएको कुराकानी ।


१) महोत्सब कस्तो चल्दै छ ?
अपेक्षा गरे भन्दा राम्रो चलेको छ । उद्घाटनको दिनमा प्रतिकुल मौषमका कारण केहि समस्या निम्तीयो । बर्षातका कारण हामीहरुलाई उद्घाटन गर्न पनि समस्या निम्तीएको थियो । महोत्सवको दोह्रो दिन देखिको सफा मौसमले हामीहरुलाई थप उत्साह पैदा गरिदएको छ । किनकी दोस्रो दिन मंगलवार दर्शकहरुको निकै ठूलो उपस्थिती रह्यो ।

हामीहरुले दर्शकहरुको यो उल्लेख्य उपस्थितीले झनै उत्साह पैदा गरेको छ । गाउँबाट महोत्सव हेर्न लाउनेको दर्शकहरुको घुइँचो लागेको छ । र यो विश्वास पनि दिलाएको छ, हाम्रो अपेक्षा भन्दा बढि यो महोत्सवले सफलता पाउने छ ।

२) महोत्सबको आकर्षण के हो ?
रिपोर्टस् क्लव आँफैमा पत्रकारहरुको सकृय संस्था हो । दैलेख शाखाका रुपमा रहेको यो क्लवबाटै महोत्सवको आयोजना भैरहेको छ । सामान्यतया पत्रकारहरुको संस्थाले महोत्सव आयोजना किन ? भन्ने प्रश्न पनि उठ्न सक्ला । तर पत्रकारहरु सामाजिक दायित्व बहन गर्ने समाजका जिम्मेवार अंग हुन् ।

यो महोत्सवमा पनि रिपोर्टस् क्लव समग्र दैलेकको बृहत्तर बिकासका निम्ती जिम्मेवार बनेर महोत्सव आयोजना गर्न होमिएको हो । पत्रकारले निर्वाह गर्ने भुमिका र जिम्मेवारीकै रुपमा यो महोत्सवबाट यहाँको सामाजिक बिकास, पर्यटन बिकास र यहाँको आर्थिक विकासको जिम्मेवारी बहन गर्न पत्रकारहरुको संस्था महोत्सव आयोजकका रुपमा उभिएको हो । यसर्थ यसलाई पनि सामाजिक उत्तरदायित्व बहनकै रुपमा सबैले लिईदिनुहुन पनि म अनुरोध गर्छु ।

र अब आकर्षको कुरा गर्नुपर्दा , पक्कै पनि यो सांस्कृति महोत्सव रहेकाले महोत्सवका माध्यमबाट दैलेको सांस्कृतिक पक्षको संरक्षण र प्रचार प्रसारमा टेवा पुर्याउनु हाम्रो प्रमुख लक्ष हो । यसैगरि स्थानीय स्तरमा उत्पादित हस्तकला, कृषि उपज, जडिबुटीको व्यवसायिक प्रवर्धनका लागि टेवा पुर्याउनु हाम्रो अर्को लक्ष हो ।

साथै यहाँको पहिचान झल्काउने पैचरी,मयुर, हुड्के नाच,पञ्चेबाजा, धमारी, लाखे,भैलो लगाएत दैलेखको पहिचान बोकेका कला संस्कृतिको उन्नयनमा यो महोत्सव फलदायि बन्ने छ भन्ने हाम्रो विश्वास छ । स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रर्दशनी , जिल्लामा रहेका स्थानीय कला संस्कृति झल्काउने बस्तुहरु ,जिल्लामा उत्पादीत घरेलु वस्तुहरुलाई महोत्सवमा प्रदर्शनीमा राखिएको छ ।

३) महोत्सवको उदेश्य के हो ?
महोत्सवले बोकेका लक्षहरु मैले अघि पनि भने , दैलेखको चिनारीनै हाम्रो प्रमुख उदेश्य हो । र हामीहरुले यो महोत्सबाट दैलेखमा रहेका अनाथ बालबालीकाहरुको सहयोग गर्ने उदेश्य बुनेका छौँ । हामीहरुले जिल्लामा यस्ता बालबालीकाहरुको पहिचान गरेर उनिहरुको व्यवस्थापनका लागि भुमिका खेल्ने छौँ ।

त्यसका लागि महोत्सवबाट संकलित रकम प्रयोजनमा लगाउने छौँ । नेपाली भाषाको पहिलो शिलालेख दैलेखमा भएकाले यसको प्रचार प्रसार गर्नु हाम्रो प्रमुख दायित्व हो । दैलेख जिल्लालाई विश्व मानवचित्रसमम चिनाउने । दैलेख जिल्ला ३२ जातजातीको उद्गमस्थल भएकाले ती जातजातीलाई एक पटक जसरी भएपनि आफ्नो उद्गमस्थल सम्म आउन प्रेरित गर्ने हाम्रो उदेश्य हो ।

४) महोत्सव बाटका अपेक्षा के हो ?
दैलेख पर्यटकीय क्षेत्रको हिसाबले भन्नु पर्दा प्रदेश नम्बर ६ कै प्रमुख गन्तव्य नै हो । यहाँ पर्यटकीय महत्व बोकेका थुप्रै पुरातात्वीक सम्पदाहरु छन् । यि सम्पदाहरु पर्यटकका लागि हेर्न लायक दृष्य हुन् । यसर्थ यहाँको पर्यटकीय क्षेत्रहरु मा पर्यटकहरुलाई भित्र्याउन सके दैलेखको आर्थिक समृद्धिको अर्को ढोका खुल्ने निश्चित नै छ । यसर्थ बाह्रै महिना आन्तरिक संगै बाह्य पर्यटकहरुलाई दैलेखमा त्र्यिाउनका लागि यो महोत्सव कोसेढुंगा सावित हुनेमा म विश्वस्त छु ।

यो कसरी सम्भव होला भन्नु हुन्छ भने हामीहरुले महोत्सवमा यहाँको पर्यटकीय महत्व बोकेका स्थलहरुको चिनारी प्रदर्शनमा राखेका छौँ । महोत्सवमा आउने दर्शकहरुले त्यो प्रदर्शनी हेरेपछि यहाँको पर्यटकीय क्षेत्रको बारेमा जानकारी पाउनु हुने छ । उहाँहरुबाट ति पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा पक्कै पनि टेवा पुग्ने छ । र पर्यटकहरुको आवागमनमा बिस्तारै बृद्धि हुँदै जाने छ ।

५) दैलेखका सांस्कृतिक सम्पदाहरुको अवस्था के छ ?
जिल्लामा सैयौं मूत अमूत सम्पदाहरु रहेका छन । तिनीहरुको संरक्षण हुन सकेको छैन । यस्ता सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्नको लागि सवै जिल्लावासीहरु एक जुट हुन आवश्यक छ ।

जिल्लाको सांस्कृतिक सम्पदाहरुको वारेमा सरोकारवालाहरुसंग जिल्लामा सधै छलफल र वहसको विषय बनाईन्छ तर काम भने हुदैन । अव काम नगर्ने तर कुरा मात्रै गर्ने परीपाटीको अन्त्य हुनु पर्दछ । स्थानीयवासीहरुले धार्मिक पुरातात्तीक सम्पदाहरुको महत्वको वारेमा जानकार हुन आवश्यक छ ।
६) दैलेखमा पर्यटकीय स्थलहरु के के छन ?
श्रीस्थान, नाभिस्थान, कोटिला, पादुका, धुलेश्वर, महाबु लेख, त्रिपानीलेख, कोतगढी, पञ्चदेवल, भैरबी, मदन ताल, नाके गुफा, वेलासपुर मन्दिर, नारायण मन्दिर, गँुरासे लेख यहाँका पर्यटकीय गन्तब्य हुन । श्रीस्थानमा सयौं वर्षदेखि निरन्तर पानिमाथि आगो बलिरहेको छ । जसको दृश्य अवलोकन गर्न वर्षेनी हजारौं दर्शनार्थीहरु आउने गरेका छन् ।

यि लगाएत यहाँको भौगोलिक बनावट मात्रै पनि पर्यटकका लागि मन लोभ्याउने दृष्य बनिदिन्छ । अनि अर्को कुरा यहाँको महाबु लेकबाट भारतका लखनउ, संगै प्रदेश नम्बर ५,६ र ७ का भुभाग समेत देख्न सकिन्छ । साथै यो लेकबाट विभिन्न हिम श्रृंखलाहरु समेत देख्न सकिन्छ ।
७) महोत्सवले दैलेखको पर्यटन क्षेत्रमा कस्तो टेवा पुर्याउला ?
जिल्लामा वार्षिक ६ लाख पर्यटन आउनु अनुमान गरिएको छ । यहाँको बस्तु स्थितिको बारेमा जानकारी लिन पाउने । जिल्लामा उत्पादीत वस्तुहरुको निर्यातमा थाप टेवा पुग्ने छ । जिल्लामा रहेका लोपउन्मुल कला संस्कतिलाई जोगाउन मद्दत पुग्ने र नयां पिढीहरुले पुराला संस्कृतिको जानकारी पाउने छन । अहिले बार्षिक रुपमा आउने पर्यटकहरुको संख्या बृद्धि गर्न सके यहाँको पर्यटकीय क्षेत्रको बिकाससंगै यहाँको आर्थिक समृद्धिका लागि समेत टेवा पुग्ने छ ।

८) दैलेखको पर्यटन क्षेत्रको बिकासका लागि कस्तो कदम चालिनु पर्ला ?
प्रत्यक वर्ष स्थानीय उत्पादीत बस्तुहरुलाई प्रदर्शनी निरन्तर गरिनु पर्छ । यसका लागि अहिले भैरहेको महोत्सव जस्तै यहाँको पहिचान झल्काउने खालका कार्यक्रमहरु निरन्तर जिल्लामा भैरहनु पर्छ । अँझ यस्ता महोत्सवहरु यहाँको परिचयका लागि अतिनै महत्वपूर्ण मानिन्छन् । पर्यटन क्षेत्रको विकासले मात्र आर्थिक विकास हुने भएकाले यहाँका प्रकृतिक स्रोत साधको उत्पादन संगै यसको अधिकतम प्रचार प्रसारमा लाग्नु जरुरी छ ।

यहाँका तमाम पर्यटकीय क्षेत्रहरुले अहिले प्रचार प्रसारकै अभावमा उल्लेख्य पर्यटकहरु पाउन नसकेको यथार्थता हो । यसर्थ प्रचार प्रसारका लागि हरेक उपायहरु अबलम्बन गर्नु जरुरी छ । पर्यटकहरुका लागि सुविधा सम्पन्न होटलहरु खोलिनु पर्छ । पर्यटकीय क्षेत्रहरुमा पर्यटका लागि होमस्टे सञ्चालन उत्तिकै आवश्यक देखिन्छ । सवै पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि सडकको स्तरउन्नती गरी वाह्रै महिना यातायातको सुविधा हुनु पर्छ ।

जिल्लामा आएका पर्यटकहरुलाई जिल्लामा रहेका पर्यटकीय स्थलहरु कहा कति छन, कति समयमा पुग्न सकिन्छ ? भन्ने बारेमा सहजै थाहा पाउनको लागि सूचनाकेन्द्रहरुको ब्यवस्थापन गर्नु पर्ने देखिन्छ । यसका साथै पर्यटन क्षेत्रको विकासको लागि गुरु योजना बनाउन आवश्यक छ । पर्यटकहरुको आगमन जिल्लाहरुमा भैरहन्छ । तर पर्यटकीयहरु कति आए ? कहाँबाट आए ? यो बारेमा एकिन जानकारी राख्ने परिपाटीको बिकास यहाँ हुन सकेको छैन । यो अतिनै आवश्यक छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०७४     9:21:45 AM
error: Content is protected !!