☰ open Loading... 20 April 2024|  

क्रिकेट प्रतियोगिता फागुन १९ बाट हुने
  | २ फाल्गुन २०७४, बुधबार १९:५८

सुर्खेत । सुर्खेत क्रिकेट संघले आयोजना गर्न लागि रहेको प्रदेश नं. ६ स्तरिय क्रिकेट प्रतियोगिता फेरी सरेको छ । आर्थिक संकलन, मैदान तयारी अपुग र प्रतियोगितामा दैलेखसहित थप जिल्ला सहभागी हुने भएपछि फागुन १९ गते बाट सञ्चालन हुने भएको हो ।

खेलकुदमा लागि अन्य तयारीमा तिव्र रुपमा भइरहेको संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए । उनले जिल्ला स्तरीय छनोट प्रतियोगिता यही फागुन ५ गते बिहान ८ बजेबाट छनोट प्रकृया शुरु हुन लागेको बताए ।

सोही समयमा इच्छुक क्लव तथा खेलाडीहरुले सघंको कार्यालयमा फागुन ४ गतेसम्म आवश्यक कागजातसहित सम्पर्क गर्नु केसीले आग्रह गरेका छन् ।