☰ open Loading... 24 February 2025|  

मुख्यमन्त्रीको सपथ ग्रहणदेखी पदबहालीसम्मका दश तस्वीर
  | ४ फाल्गुन २०७४, शुक्रबार १८:२४

सुर्खेत । प्रदेश नम्बर ६ का नवनियुक्त मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार उनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ ग्रहण गराएका हुन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले सपथ ग्रहणसंगै आफ्नो पदभारसमेत सम्हालेका छन् ।

शपथ लगत्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका उनले प्रदेश स्थापनाको क्रममा सुर्खेत र जुम्लामा मारिएका चारजना शहिदहरुप्रति श्रद्धाञ्जलीसहित तस्वीरमा माल्यार्पण गरेका थिए ।

 

 

आफ्नो पदभार ग्रहणपछि मुख्यमन्त्री शाहीले प्रदेश ६ को समृद्धिका लागि प्रदेशको गुरुयोजना निर्माण गर्ने बताए । सवैभन्दा पछाडी स्थापना भएको प्रदेश ६ को समृद्धिका लागि प्रदेश सरकारले योजनावद्ध रुपमा कामहरु गर्ने उनको भनाई छ ।

शुक्रबार नै बाम गठबन्धनले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेको थियो । तर आकांक्षीहरु धेरै भएपछि आइतबार मात्र मन्त्रीपरिषद् विस्तार गरिने भएको छ ।

प्रदेश ६ मा जम्मा सातवटा मन्त्रालय रहनेछन् । जस अन्तर्गत एमालेले ४ र माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ ओटा मन्त्रालय सम्हाल्ने सहमति भएको छ ।