सुर्खेत । सुर्खेतमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार भएको छ । ६ नम्बर प्रदेश उद्योग वाणिज्य महासंघको आयोजनामा माघ २६ गतेदेखि वीरेन्द्रनगरमा जारी महोत्सवमा शनिवार सम्म ६ करोड वरावरको कारोबार भएको हो ।
महोत्सव आयोजक समितिका प्रचार संयोजक पूर्णदेव अधिकारीले हालसम्म ६ करोड बराबरको कारोबार भएको वताए । पहिलो शनिवार समेत भएकाले दर्शक हालसम्म कै सवै भन्दा वढी भएकाे बताए ।
पहिलो शनिवार सुर्खेतको वीरेन्द्रनगर वजार पूर्ण रुपमा बन्द हुने गरेकाले समेत दर्शकको ओइरो लागेको उनको भनाईछ । पहिलो शनिवार बिदा परेकोले अन्य दिनको तुलनामा मंगलवार धेरै कारोबार भएको हो ।
संयोजक अधिकारीले शनिवार मात्र करिब ४५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । संघीय संरचना कार्यान्वयनमा आएसँगै पहिलो पटक भएको महोत्सवमा ६ नम्बर प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि मद्दत पुग्ने आयोजकले जनाएको छ ।
माघ २६ गते वाट सुरु भएको महोत्सव महोत्सव फागुन ८ गते सम्म सञ्चालन हुनेछ । प्रदेश नम्बर ६ को विकास र समृद्धिका लागि पहिलो पटक सञ्चालन भएको महोत्सवमा दुई करोड दर्शक र १५ करोड व्यापारिक कारोबार हुने अनुमान समेत गरिएको छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्य भएकाले बाह्य जिल्लाबाट महोत्सवमा राखिने स्टलहरु निःशुल्क राखीएका छन् । महोत्सवमा वाईफाई पनि निशुल्क गरिएको उनले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती दिईरहेका छन् ।