☰ open Loading... 24 November 2024|  

सुरक्षा अवस्था बुझ्न गाउँ पस्याे प्रहरी
  | ५ फाल्गुन २०७४, शनिबार १९:१०

बुद्धिमान पुन
सल्यान । सल्यान जिल्लाको सुरक्षा अनुगमन गर्न यहाँको प्रहरी ग्रामीण क्षेत्रसम्म पुग्न थालेको छ । शान्ति सुरक्षाको अवस्था कायम राख्न जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भरत बहादुर विकको नेतृत्वमा अहिले प्रहरीले स्थानीय स्तरमानै पुगेर अनुगमन गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा फांटमा चालु आर्थिक वर्षको हाल सम्म आत्महत्याका ३५ वटा घटना दर्ता भएका छन । यस्तै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा महिला हिंसाका ११ वटा,घरेलु हिंसाका २४, सामाजिक हिंसाका ३५ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि विकले अहिले जिल्लामा अहिले पनि आत्महत्याका घटनाहरु,महिला हिंसा, तथा अन्य सामाजिक अपराधका घटना भई रहेकाले स्थानीय स्तरमा गएरनै जनचेतना मुलक कार्यक्रमको सुरुवात गरेको बताए ।

‘हामीले अहिले ग्रामिण क्षेत्रमा पुगेर प्रत्यक्ष जनता संग कुरा गरेका छौं, जनताका कुरा बुझ्न काम गरेका छौं’ उनले भने – ‘जस्को शुरुवात रागेचौर बाट भयो ।’

ग्रामीण भेगको सुरक्षा अनुगमन र स्थानिय जनसमुदाय सँग समन्वय गरेर समाजमा हुने बिभिन्न हिंसा अन्त्य गर्ने विश्वासका साथ यस कार्यको शुरुवात गरेका हौं उनले भने –‘हाम्रो यो अभियान जिल्लाका विभिन्न स्थानमा हुने छ ।’

यस्तै डिएसपि विकको नेतृत्वमा गाउँमा पुगेको टोलीले लागु औषध,घरेलु हिंसा,महिला हिंसा,सामाजिक हिंसा, आत्महत्याका विषयमा जनचेतना मुलक अन्तरक्रिया समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लिएर हामीले शुक्रवार कुमाख गाउपालिकाको रागेचौरमा नागरिक सुनुवाइ सम्पन्न गर्यो डिएसपि विकले बताए । यस्तै रागेचौरमा रहेको इलाका प्रहरी कार्यालयको भवन जिर्ण भएको भन्दै नयाँ भवन बनाउन पहल गर्ने जनाएको छ ।