☰ open Loading... 24 February 2025|  

दुर्गेसले मुद्दा हाल्दिन्छु भनेपछि…
  | ६ फाल्गुन २०७४, आईतवार २०:३०

दैलेख । पछिल्लो समय चलेका मोडल हुन् दुर्गेस थापा । उनी मोडलमात्र होईनन् गायक पनि हुन् । दैलेखमा जारि दैलेख सास्कृति महोत्सबमा आइतवार दुर्गेस थापा हेर्नेको लागी हजारौंको भिड लाग्यो ।


पारिलो घाम ताप्दै दुर्गेश थापाको पर्खाइमा रहेको दर्शकहरु दुर्गेश थापा स्टेजमा आइपुग्दा आयोजकलाई हम्य–हम्य पर्यो । बिशेषत् केटाहरु भन्दा केटीहरुको बाग्लो उपस्थिती रहेको उक्त समयमा थापाले नृत्य होईन आफ्ना गीतसंगीत प्रस्तुत गरे ।

उनले आफ्ना फ्यान धेरै देखेपछि लगाएको ज्याकेट समेत खोलेर समान्य भेष्ट (गन्जी) मा स्टेज उत्रिए । जाडोको समय किन उनले यो हर्कद देखाए ?नेपाली सांगीतिक आकाशका यक नक्षेत्र लोक गित होस् या सुगम संगीत मा आफ्नो छुटै पहिचान बनाउन सफल गायक तथा मोडेल दुर्गेश थापाले कि दुर्गेश रेल मा कि दुर्गेस जेलमा, मेरो दिल चोर्ने लाई मुद्धा हाल्दीन्छु लगाएतका दर्जनौ गितहरु गाएका थिए । उनको गितमा साना साना बाल बालिकाह देखि युवा युवतीहरु कम्मर मर्काइ मकाई नाचेका छनन् ।


अभिनयमा आफ्नो पहिचान बनाईसकेका दुर्गेश अहिले आवाजको माध्यमबाट सम्पूर्ण दर्शक तथा श्रोताको मन जित्न सफल भएका कारण पनि दुर्गेशलाई प्रत्यक्ष रुपमा हेर्ने आएको सास्कृति महोत्सबका दर्शकहरुले प्रतिक्रीया दिएका छन् ।

समय अनुसार आफुलाई परिमार्जन गर्दै मोडेल मात्र न भयर गायकको रुपमा छाएका दुर्गेशले यो यो दुर्गेस थापा हो, कि दूर्गेस रेलमा कि दुर्गेश जेल मा,मेरो दिल चोर्नेलाई मुद्धा हल्दिन्छु लगायतका गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका छन् । महोत्सबको छैटौ दिनमा चर्चीत मोडल निरुता शाही, चर्चित गायिका चन्द्रा अर्याल, नेपालकै चर्चीत हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लगाएत स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए ।

दैलेखको शान, पर्यटकिय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान भन्ने मुल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा गरिएको दैलेख साँस्कृतिक महोत्सबको छैठौ दिन १० हजार भन्दा बढी दर्शकहरुले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सबको सातौ दिन आज नेपालकै चर्चित गायिका तथा मोडल ज्योती मगर लगाएतको प्रस्तुती रहने महोत्सबका कला संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् ।