☰ open Loading... 19 November 2024|  

विप्लबलाई प्रहरीद्वारा पक्राउ पूर्जी जारी
  | १६ फाल्गुन २०७४, बुधबार १७:२३

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लबलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ भगवानपुरका ५० बर्षीय नेत्र विक्रम चन्द विप्लबलाई ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको मुद्धामा म्याद पूर्जी गरिएको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाले नेत्र विक्रम चन्दको घरमा पुगेर वडा अध्यक्ष तथा स्थानीय समुदायको रोहबरमा म्याद तामेलीको सूचना टाँस गरिएको प्रहरी निरिक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए । नेत्र विक्रम चन्द ९विप्लब० लाई भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ मुद्धाको कसुरमा गिरफतार गर्ने वारेन्ट जारी गरेको हो ।

म्याद तामेली गरेको ७० दिन भित्र आफु खुशी वा प्रहरीद्धारा जिल्ला अदालत भोजपुरमा उपस्थित नभएमा वा नगराएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने निरिक्षक भट्टराईले जानकारी दिए । यस अघि अदालतले विप्लवलाई ७ दिने पक्राउ जारी संगै ७० दिने म्याद तामेली पूर्जी जारी गरेको छ ।