☰ open Loading... 19 November 2024|  

‘शान्ति सुरक्षा बिना समृद्धि असम्भव’
  | १६ फाल्गुन २०७४, बुधबार १९:३९

सुर्खेत ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षा बिना समृद्धि सम्भव नभएको बताएका छन । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसंग कर्णाली प्रदेशको सुरक्षा सम्बन्धी अन्र्तक्रियामा यस्तो बताएका हुन ।

समृद्ध र सुरक्षित प्रदेश बनाउने सरकारको पहिलो उद्देश्य रहेको भन्दै मन्त्री भण्डारीले प्रदेशस्तरका सुरक्षा योजना तथा नीति निर्माण काम भईरहेको जानकारी दिए ।

 

यसैगरी कार्यक्रममा बालबालिकाहरु मदिरा सेवन गर्ने घरकै व्यक्तिबाट असुरक्षित हुने भएकाले सुरक्षित हुनका लागि बालविवाह गर्न बाध्य हुने गरेको वीरेन्द्रनगर नगपालिकाका उप–प्रमुख मोहनमाया ढकालले बताईन ।

 

‘मदिरा सेवनका कारणले गर्दा बालिकाहरु परिवारकै व्यक्तिबाट असुरक्षित महसुस गर्दै सुरक्षी हुनका लागि कम उमेरमै विवाह गर्ने गरेको उनले बताईन । उनले भनिन्, ‘शान्ति सुरक्षा कायम गर्न र बालविवाह नियन्त्रण गर्नका मदिरा निषेधित क्षेत्र बनाउनु पर्ने आवश्यकता रहेको बताईन ।   साथै जनतासंग प्रहरी नजिक रहेको अनुभुति गर्ने निर्वाचन स्तरीय कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनले सुझाव दिईन ।

उता कर्णाली प्रदेशमा हुने घटनाहरुको अनुसन्धान गर्दा अधिधकाँस घटनाहरु मदिरा सेवनकै कारणले हुने गरेको प्रदेश प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले बताए ।

आगामी दिनमा स्थानीय सरकारले मदिरा नियन्त्रण स्थानीय तह घोषणा गरी शान्ति सुरक्षाले कायम गर्न मद्दत गर्न आग्रह गरे । ‘जबसम्म मदिरा नियन्त्रण हुदैन तबसम्म समाज दिगो शान्ति सुरक्षा कायम गर्न नसकिने चन्दको भनाई थियो ।

कार्यक्रममा सुर्खेत स्थित स्थानीय तहका प्रमुख एवम् उप–प्रमुखहरुको सहभागिता रहेको थियो ।