☰ open Loading... 18 November 2024|  

मौसमको पूर्वासूचना दिने राडर निर्माणमा तिव्रता
  | १७ फाल्गुन २०७४, बिहीबार ०९:३७

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा मौसमको पूर्व सूचना दिने राडर निर्माण गर्न लागिएको छ । वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ला डाँडामा जल तथा मौसम विज्ञान विभागले नेपालको पहिलो मौसमी राडर केन्द्र स्थापना गर्न लागेको हो ।

नेपालमै पहिलो पटक मौसमी पूर्वसूचना दिने प्रविधि राडर सुर्खेतको रातानाङ्लामा स्थापना गर्न लागिएको छ । जल तथा मौसम जन्य प्रकोपहरुको कारणवाट हुने क्षति न्यूनिकरणका लागि विभागले समग्र सेवा प्रणालिको सवलीकरण र मौसम तथा जल सम्वन्धी अवलोकन कार्यप्रणालीको अत्याधुनिक सुविधा सम्पन्न वनाउन विश्व वैङ्कको सहयोगमा नेपाल सरकारले उक्त केन्द्र्र स्थापना गर्न लागेको हो । राडरले दुईसय किलोमिटर दुरीसम्मको मौसमी अवस्थाको जानकारी दिनेछ ।

१७ करोड लागतमा निर्माण हुन लागेको राडर निर्माणस्थलमा हाल पहूँचमार्ग निर्माणको काम अन्तिम चरणमा छ । पहुच मार्ग निर्माणको जिम्मा पाएको विसी कन्ट्रक्सन सुर्खेतका सञ्चालक दलबहादुर विसीले पहुचमार्ग निर्माण अन्तीम चरणमा पुगेको वताए । ३ सय मिटर लम्वाई र ७ मीटर चौडाईमा मार्ग वनिरहेको छ । नेपालका सरकारले ०७२ माघ २० गतेको निर्णय अनुसार वन विभासंग २०७३ असार २२ गते रातानाङ्लामा मौसमी राडर स्थापना र सञ्चालनका लागि वन क्षेत्र उपलव्ध गराउन सम्झौता गरिएको थियो ।

सन् २०१८ सेप्टेम्बमरसम्म निर्माण गरिसक्नु पर्ने राडरको निर्माण जिम्मा इन्टरप्राईज इलेक्ट्रोनिक कोअप्रेशन अमेरिकाले लिएको उनले जानकारी दिए । एक करोड २९ लाखको लागतमा निर्माण भइरहेको पहूँचमार्ग चैत्र पहिलो सातासम्ममा सम्पन्न हुने र लगत्तै राडर राख्नेस्थलमा फाउण्डेसनको काम शुरु हुने मध्य तथा सुदुरपश्चिमाञ्चल हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए ।

राडार निर्माण भएपछि मौसमी अवस्था पत्ता लगाउन सजिलो हुने र भविष्यमा हुन सक्ने मौसमी जानकारीको पूर्वानुमान गर्नका लागी निर्माण गर्न थालिएको सापकोटाले वताए । । राडर स्थापना भएपछि वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालिको वहाव, वादलको अवस्था, चक्रवातको वहिर्भावको स्थिति, असिना, हिउ, चट्याङ लगायत बाढीको जोखिमको पुर्वानुमान गर्न सकिने उनको भनाई छ । ।
सरकारले उदयपुरगडी र पाल्पाको रिब्डिकोटमा मौसमी राडर राख्न सर्भे प्रक्रिाया अघि बढाएको छ। भने सुर्खेतमा निर्माण शुरु गरिएको छ