☰ open Loading... 5 November 2025|  

प्रदेश ७ः प्रदेश प्रहरी कार्यालयमा कुकुर शाखा उद्घाटन
  | १७ फाल्गुन २०७४, बिहीबार १६:४३

कैलाली । प्रदेश ७ स्थित प्रदेश प्रहरी कार्यालयमा कुकुर शाखाको उद्घाटन गरिएको छ । संघीय इकाइ प्रहरी कार्यालय परिसरमा रहेको शाखाको एक कार्यक्रमका बीच प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै नेपालले सीमा क्षेत्रबाट अवैध रुपमा हुने लागुऔषध, हातहतियार ओसारपसार लगायत आपराधिक गतिविधि गरेर भाग्न खोज्ने अपराधीहरुलाई कुकुरको मद्दतले नियन्त्रणमा लिन सकिने विश्वास व्यक्त गरे ।प्रहरी प्रधान कार्यालयबाट हाल यहाँ जर्मन सेफर्ड दुई वटा र ल्याब्राडोर २ वटा गरी ४ वटा कुकुर ल्याइएको छ ।करिब ५९ लाखको लागतमा ६ वटा कुकुर राख्न मिल्ने गरी ९ कोठे भवन समेत निर्माण गरिएको छ ।