☰ open Loading... 18 November 2024|  

सुर्खेतमा चाइनागेट 
  | १७ फाल्गुन २०७४, बिहीबार १६:४६

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न होटल खुल्ने क्रम वढेको छ । वीरेन्द्रनगर–१० सिटी वसपार्कमै सुुविधा सम्पन्न होटल संञ्चालनमा आएको हो ।

करिव ३ करोडको लगानीमा होटल चाइनागेट सञ्चालनमा आएको छ । सुर्खेतका होटल व्यवसायी कर्णवहादुर वस्नेतको लगानीमा सो होटल सञ्चालनमा आएको हो । कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेतमा स्तरिय होटेलको माग बढेकाले स्तरिय सेवा दिने उद्धेश्यका साथ सुविधा सम्पन्न होटेल सञ्चालनमा ल्याएको संचालक बस्नेतले जानकारी दिए ।

वीरेन्द्रनगर ६ गोदाम लाईनमा रेष्टुरेन्ट गर्दे आएका युवा व्यवसायी वस्नेतले राजधानीमा सुविधा सम्पन्न होटल कम हुदा वाहरिवाट आउने ग्राहकलाई ध्यानमा राखी सिटी वसपार्कमा होटल सञ्चालन गरिएको वताए ।

कर्णाली प्रदेशको पर्यटन विकासका लागी होटल संचालनमा ल्याएको होटलका सञ्चालक वस्नेतले वताए । ३ करोडको लगानीमा सञ्चालन गरिएको होटलमा प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ जनाले रोजागरी पाएका छन् ।

चाईनागेट होटलमा सुविधा सम्पन्न १८ वटा कोठा रहेका छन । एकै पटकमा ६० जना सम्म लाई खाना तथा नास्ता खुवाउन सकीने होटलमा सुविधा सम्पन्न हलको समेत व्यवस्था गरिएको छ। २ सय जनाको क्षमता भएको रहेको उनको भनाई छ । होटलमा कटेजको समेत व्यवस्था गरिएको छ । प्रसस्त सवारी साधन पार्किङ्गको व्यवस्था रहेको तथा २४ घण्टा वत्ती पानीको व्यवस्था गरिएको सञ्चालक वस्नेतले जानकारी दिए ।

ग्राहको चाहाना अनुसार परिकार तथा इण्डीयन ,चाईनिज ,कन्टीनेन्टल, खानाको स्वाद लिन सकिने सञ्चलक वस्नेतले वताए । होटलमा २५ जना मानिसले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन् ।