| १८ फाल्गुन २०७४, शुक्रबार १७:०६
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको छ । कर्णाली प्रदेशलाई डिजिटल बनाउने प्रदेश सरकारको निर्णय अनुसार यस टोलमा साइरन जडान गरिएको हो ।
शुक्रबार उक्त साइरनको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भणडारीले उद्घाटन गरे ।
टोलमा कुनै घटना भएमा साइरन बज्ने हुनाले सुरक्षाका लागि यो प्रविधि उपयोगी रहेको डिजिटल प्रदेश सम्बन्धी कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।