☰ open Loading... 17 November 2024|  

पिठ्युमा भारी बोकेर डिजिटल प्रदेश बनाउन सकिदैन : मन्त्री भण्डारी
  | १८ फाल्गुन २०७४, शुक्रबार १८:२१

सुर्खेत । पिठ्युमा भारी बोकेर डिजिलट प्रदेश निर्माण गर्न नसकिने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताएका छन । २१ औँ शताब्दीमा भारी बोकेर समृद्ध र डिजिटल प्रदेशको परिकल्पना गर्न नसकिने उनले बताए । डिजिटल प्रदेश निर्माण गर्नका लागि प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

श्ुक्रबार वीरेन्द्रनगर–६ को प्रगतिनगर टोलविकास संस्थामा सामुदायिक सुरक्षा साईरनको उद्घाटन गर्न पुगेका मन्त्री भण्डारीले समृद्धको सुर्य कर्णाली प्रदेशबाटै उदाउनु पर्ने बताए । कर्णाली प्रदेश गरिब प्रदेशको रुपमा चिनिदैन आएकाले आगामी दिनमा गरिब प्रदेशको पहिचान मेटाएर समृद्ध प्रदेश निर्माण गर्ने उनले उल्लेख गरे ।

‘अहिले कर्णाली प्रदेश गरिबहरुलाई हेर्न आउँछ ।’ उनले भने, ‘अबको केही समयमै प्रदेशमा भएका स्रोत सधानको प्रयोग गरी धनि प्रदेशका रुपमा स्थापित गर्ने छौँ ।’ सबैलाई पत्रचार गरी कर्णाली समृद्ध हेर्न निम्तो गर्ने उनको भनाई छ ।

उनले प्रदेशका शहर सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहर सुरक्षित गर्न साइरन जडान गरिएको बताए । यसैगरी प्रगतिनगर टोलविकास संस्थाको प्रशंसा गर्दै उनले भने, ‘डिजिटल प्रदेश निर्माण गर्ने आफ्नो मन्त्रालय लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा एआईजी रणबहादुर चन्दले पनि प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको समेत आधार तयार गर्ने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ‘साईरनको दुरुपयोग गरी अनावश्यक टोलवासीलाई र प्रहरीलाई दुःख नदिन आग्रह गरे ।

के हाे  सार्इरन  ?

दिनहुँ हुने चोरी, डकैती, लुटपाट र अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि साइरन जडान गरिएको छ । प्रदेश सरकारले विशेष सुरक्षा रणनीति अनुसार सुरक्षाका लागि वीरेन्द्रनगरमा कम्युनिटी साइरन जडान गर्न गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त प्रविधि जडान गरेको छ ।

साइरन जडान भएको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई कुनै पनि समस्या परेमा उक्त नम्बरमा एसएमएस (सन्देश) गरेपछि साइरन बज्नेछ । नगरलाई सुरक्षित बनाउन जडान गरिने उक्त साइरन वायरलेस भएकाले एक पटकमा ६० जनाको मोबाइलमा एसएमएस जानेछ ।

जसले गर्दा समुदायमा कुनै अपराध भए वा आपतकालीन अवस्थामा छिमेकीहरूको एकजुट हुनसमेत सहज हुनेछ । कसैको घरमा आगलागी, मृत्यु, प्राकृतिक प्रकोप वा कुनै पनि समस्या भएमा पनि समुदाय र छिमेकीलाई गुहार्न मद्दत पुग्नेछ । जसले गर्दा समयमा आमनागरिकका समस्या समाधानमा सरोकारवाला निकायले काम थाल्नेछ ।

उक्त साइरन समुदाय र जिल्ला प्रहरी कार्यालयमा एकैसाथ बज्ने भएकाले सामान्य घटनाकोसमेत अनुसन्धानमा सहज हुने प्रदेश प्रहरी कार्यालयका प्रमुख एआईजी रणबहादुर चन्दले बताए ।