Loading... 23 October 2018|   मङ्लबार, कार्तिक ६, २०७५

कर्णाली प्रदेश स्तरिय क्रिकेट प्रतियाेगितामा सल्यान र सुर्खेत विजयी

  |

सुर्खेत । कर्णाली प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा सल्यान र सुर्खेत विजयी भएका छन् । सोमबार भएका खेलमा सल्यानले जाजरकोट र सुर्खेतले दैलेखलाई पराजित गरेको हो ।


सुर्खेत क्रिकेछ संघको आयोजनामा भएको आजको पहिलो खेलमा टस जितेर व्याटिङमा उत्रिएको दैलेखले खेल अवधिमा १०९ रनको लक्ष्य सुर्खेतलाई दिएको थियो । ११.३ ओभरमा ३ विकेट गुमाएर सुर्खेतले दैलेखलाई ७ विकेटले पाराजित भयो ।

दैलेखका सुनिल विष्ट, नकेन्द्र भण्डारी र महेश शाहीले समान एक एक विकेट लिए । विजेता समूह सुर्खेतका लागि रविन्द्र शाहीले ४० रनको योगदान दिए भने सुर्खेतका टेक सलामी म्यान अफ द म्याच घोषित भए ।

सोमबार नै भएको दोस्रो खेलमा टस जितेर व्याटिङमा उत्रिएको सल्यानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । सल्यानका लागि दिवान पुनले २५ रन जोडे ।

पुन म्यान अफ द म्याच घोषित भए । जवाफमा ब्याटिङ गरेको जाजरको १४.२ ओभरमा ६१ रनमा आउट भयो । प्रतियोगितामा ५ खेल सकिँदा सुर्खेत ४ अंकसहित पहिलो स्थानमा छ भने सल्यान, रुकुम र जाजरकोट समान दुई दुई अंक छ । प्रतियोगिताबाछ दैलेख र जुम्ला भने बाहिरीएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     6:19:10 PM
error: Content is protected !!