नन्द बहादुर रोकाया
मुगु । छाउपडी प्रथा न्युनिकरण गर्न पाँच बर्षीय रणनीति खाका तयार पारिएको छ । मुगुमा रहेको छाउपडी प्रथा तथा लैगिक हिंहा न्युनिकरण गर्न पाँचबर्षिय रणनितिक योजनाको खाका तयार पारिएको हो ।
लामो समयदेखि छाउपडी प्रथा लैगिक हिंहा बिरुद्ध काम गदै आएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुको पहल तथा जिल्ला महिला तथा बालबालीकाको कार्यलय मुगुको सहजिकरण मा पाँचबर्षीय रणनीति तयार छ ।
रणनीति तय गर्न स्थानीयनिकायको पनि सहभागीतामा रहेको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रका हिरिष्डेक मुगुका जिल्ला अध्यक्ष मिनबहादुर रवलले जानकारी दिए ।
पाँचवर्षीय रणनीति व्यवहारमा उर्तान स्थानीय तहले आआफ्नो परिषद् बैठकबाट पारित गर्नुपर्ने माउहाँले जोड दिनुभयो । कुसस्कार द्धारा सिर्जित विभेद मुक्त नगर बनाउने सम्बन्धको अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले पाँच बषर्यी रणनितिक खाकाले छाउपडी प्रथा लैगिक हिंसा लाई न्युनिकरण गर्न सहयोग पुग्ने भएकाले यसलाई स्थानीय निकायले पालाना गर्नुपर्ने बताएका छन ।
जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले महिला आफैले छाउपडी न्युनिकरण गर्न अभियान चलाउनु पर्ने बताए । देवी देताको अन्धबिश्वासमा नपरी महिलाले अभियान चलाउन सकेमा छाउपडी प्रथा आफै न्युनिरण हुने प्रमुख रोकायाको भनाई छ ।
छायाँनाथ रारा नगरपालीकाका मेयर हरि जगं शाहिले समाजमा जनचेतनको अभावले गर्दा छाउपडी प्रथा न्युनिकरण गर्न समस्या भएको बताए ।