Loading... 20 October 2018|   शनिबार, कार्तिक ३, २०७५

शिक्षक समाजद्वारा प्रदेशस्तरिय संघर्ष समिति गठन

  |

सुर्खेत । स्रोत व्यक्ति सट्टा शिक्षक समाज दैलेखले प्रदेशस्तरिय संघर्ष समिति गठन गरेको छ । समाजको बिहिबार दैलेखमा सम्पन्न बैठकले प्रदेशस्तरिय संघर्ष समिति गठन गरेको हो ।

समितिको संयोजकमा कलमबहादुर रावत, सदस्य सचिवमा भीमप्रसाद दाहाल छन् । यस्तै सदस्यमा भद्रबहादुर रावत, गगनकुमार रावल, राम विसी, रामचन्द्र रेग्मी, चन्द्रबहादुर गुरुङ, अर्जुन खड्का, दिपक विसी, बासुदेव उपाध्याय र ज्ञानबहादुर चन्द छन् ।

स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयले फागनु १६ गते स्रोत व्यक्तिलाई विद्यालयमा पठाउने निर्णय हचुवाको भरमा गरेको भन्दै समाजले खेद प्रकट गरेको छ ।

समाजले तत्काल देशभरका १ हजार ५३ स्रोत केन्द्रका स्रोत व्यक्तिलाई तत्काल विद्यालयमा फिर्ता गर्न माग गरेको छ । मन्त्रालयले तत्काल निर्णय नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४     8:44:00 PM
error: Content is protected !!