☰ open Loading... 20 April 2024|  

कर्णाली प्रदेश ः क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुम भिड्ने
  | २५ फाल्गुन २०७४, शुक्रबार १७:२१

सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुमवीच प्रतिस्पर्धा हुने भएको छ । रुकुमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको सुर्खेतले उपाधिका लागि रुकुमसँगै प्रतिस्पर्धा गर्ने भएको हो । फाइनल प्रतिस्पर्धा शनिबार कालुङचोक मैदानमा हुने अायोजक जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।

शुक्रबार कालुङचोक मैदानमा भएको सेमिफाइनलमा जाजरकोटलाई पराजित गरेपछि फाइनलमा रुकुमले सुर्खेतको सामना गर्ने छ ।रुकुमले जाजरकोटलाई १५ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रूकुमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४६ रन बनाएको थियो ।

१४७ रनको लक्ष्य पक्ष्याएको जाजरकोट १३१ रनमै समेटिएकाे थियो । सुर्खेतले रुकुमलाई बिहीबार भएको खेलमा २९ रनले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताका पाँच खेल मध्ये पाँच वटै खेलमा अपराजित बन्दै सुर्खेत फाइनलमा पुगेको हाे । रुकुमले पाँच मध्ये तीनमा जित र २ वटा खेलमा हार ब्यहोेकाे थियाे ।