☰ open Loading... 18 November 2024|  

सडक खन्न गाउँपालिकाले डाेजर पठायाे
  | २६ फाल्गुन २०७४, शनिबार १२:२८

नन्द बहादुर रोकाया
मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सौरु गाउँपालीकाले सडक सञ्जालको बिस्तार गर्न डोजर लिईएको छ । सोरु गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा सडक सञ्जाल बिस्तार गन भौगौलिक विकट्ताले तथा मान्छैले काम गर्दा असजिलो हुने देखिएपछी डोजर लिईएको हो ।

बिगतका बर्षहरुमा बिकासका नाममा निकै ठुलो मात्रामा बजेट त्यतै खन्याईने भएपनी सडक सञ्जालसगँ जोडिन नसकेको सोरुमा अहिलेभने कर्णाली वारिपारी दुवैतिर दुईवटा डोजरले सडकको निर्माण गरिरहेका छन् ।

सोरु गाउँपालीका वडा नम्बर ७ मा पर्ने जुवालढुष्काबाट अहिले निर्माण हुदै गरेको सडक सिप, जिमा, पुरुमुरु र बजाडा लगायतका ठाउँ हुदैँ सोरुकोट पुग्ने र वडा नम्बर ८ को ¥याप थ्रीले सडक पु¥याएको ० पोईन्ट (दोवारचौर) बाट शुरु भएको सडक निर्माण तारापानी, सिद्धीघाट हुदैँ १० किलोमिटर अगाडी जाने सोरु गाउँपालिकाले जनाएको छ ।

सोरु गाउँपालीका बिभिन्न क्षेत्रमा सडकको निर्माण कार्य शुरु भएसगैँ सोरुका स्थनीय सडक पुग्ने भयो अधरो सपना अब पुरा हुने भयो भन्दै सोरु गाउँपालिकाका बिभिन्न क्षेत्रका स्थानिय निकै खुशी भएका छन् ।

८ नम्बर वडाको गिलाहा गाउँका लोकबहादुर शाहीले भने ‘अब सडक सगँ हामी जोडिने भयौँ, बिकासको अर्को फड्को सम्झेका छौ हामीले यसलाई ।’ उनि थप्छन् ‘अब सडक जोडिएपछि अरु बिकास भित्रिन समय लाग्दैन् ।’ यसै बिच ४ वटा स्थानिय तह रहेको मुगुमा रहेका एक नगरपालिका र खत्याड गाउँपालिका सडक सञ्जालसगँ जोडिएका छन् भने मुगम कार्मारोङ्ग गाउँपालिकामा नाउँको मात्र सडक पुगेको छ त्यहाँका स्थानियले सडकको उपभोग गर्न पाईरहेका छैनन् ।

मुगुमा रहेको छिमेकी मुलुक चिन सगँ जोड्ने म्ग् नाक्चेलाग्ना नाका सोही गाउँपालिका हुदैँ जाने भएकाले सो सडकको काम त भईरहेको तर निकै कछुवा गतिमा छ ८ बर्ष बित्या म्ग् नाक्चेलाग्ना नाका निमार्ण काय शुरुवात गरीएको ८ बर्षमा जम्ममाम १६ किमिमात्र सडक निमार्ण भएको छ ।