☰ open Loading... 24 February 2025|  

ट्रयाक राउण्डबाट प्रदेश आइडलमा १३ जना छनाैट
  | २६ फाल्गुन २०७४, शनिबार २०:३२

सुर्खेत । कर्णाली प्रदेश आइडलमा १३ जना छनाैट भएका छन् । शनिबार भएकाे ट्रयाक राउन्डमा अघिल्लाे राउण्डबाट छनाैट भएका १ड मध्य १३ जना छनाैट भएका हुन् ।

निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १३ प्रतिस्पर्धी छानिएकाे सिङ्गारो म्युजिक प्रा.लि.का अध्यक्ष रमेश सापकाेटाले जानकारी दिए । वीरेन्द्रनगरमा शनिवार सम्पन्न ट्रयाक राउन्डमा छानिएका १३ प्रतिस्प्रर्धीहरु लागि एसएमएस भोटिङ्ग आइतबारदेखि खुला गरिने उनले बताए ।

ट्रयाक राउन्डमा छानिएका प्रतिस्पर्धीमा सावित्री अधिकारी, महेन्द्र बि.क., बिराज थापा मगर, हिक्मत शाही, अर्जुन पुन मगर, रवी ओड, सागर हमाल, शंकर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार, आशिष बुढा, बिपना चन्द र खगिसरा शाही छन् । ट्रयाक राउन्डमा छानिएका प्रतिस्पर्धी एसएमएस भोटिङ्गबाट छनाैट भएर आगामी चैत्र १० गते हुने टप टेन छनौट हुने सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढकालले जानकारी दिए ।

कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभा उजागरका लागि आयोजना गरेको प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चाैथाेले पचास हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।