☰ open Loading... 16 April 2024|  

संयोजकमा अधिकारी 
  | २७ फाल्गुन २०७४, आईतवार ०७:३०

सुर्खेत  ।  नेपालमा सामाजिक जवाफदेहिताको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाहरुकोे वाकेको नेपालगन्जमा भएको राष्ट्रिय भेलाले केन्द्रिय संयोजकमा असल शासन क्लब जिल्ला समन्वय समिति, सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारीलाई चयन गरेको छ । संस्थाको सचिवमा सुनसरीका लखनलाल शाह , कोषाध्यक्षमा उमा भट्टराइ सहित १४ सदस्यीय नेटवर्क गठन गरको छ ।

राष्ट्रिय भेलाले नविनकुमार खतिवडा दोलखा, सरोजकुमार चौधरी,जमुना सिग्देल, युवराज चौधरी सुकराम दुलाल, प्रेमचन्द्रप्रसाद शम्भु शाही, युवराज पोखरेल, राममणि चौधरी, असुनी उप्रेतिर इश्वर दाहाललाई चयन गरेको छ ।

सो भेलामा ७ वटै प्रदेशबाट असल शासन, स्थानीय सुशासन, सामाजिक जवाफदेहिताको क्षेत्रमा क्रियाशिल संस्थाहरुको उपस्थिति रहेको थियो । भेलाले संस्थाको सचिवालय सुनसरी जिल्लामा राख्ने र विद्यान सहित कार्ययोजना बनाउन संयोजक हरिप्रसाद अधिकारीलाई तोकेको छ । भने सो क्षेत्रमा क्रियाशिल संस्थाहरुलाई सदस्यता समेत वितरण गर्ने जस्ता निर्णया पारित गरेको छ ।