☰ open Loading... 26 April 2024|  

जुम्लामा सवारी दुर्घटना बढ्दै, एक महिनामा पाँच जनाकाे मृत्यु
  | २७ फाल्गुन २०७४, आईतवार १९:०५

सागर परियार,
जुम्ला । जुम्लामा पछिल्लो समय सवारी दुर्घटना क्रमिक रुपमा बढ्दै गएको छ । सडक संजालको विस्तार संगै गाडीको संख्या धेरै, यात्रुहरुलाई ट्फिक नियम बारे जानकारी नहुनु, चालकहरुले चरम लापरर्बाहि गर्नु र सम्बन्धीत निकाय बेलैमा नियमन नगर्नु लगायतका कारणले जुम्लामा पछिल्लो सयम सवारी दुर्घटनाले ठूलाे रुपमा लिएको अबस्था छ ।

साघुरो रोडमा गाडी ठुला गुड्ने र हिड्ने मान्छेहरु प्रया आफ्नो साईटका ख्याल नगर्ने भएकाले घटना बढेको जिल्ला टफिक कार्यालय जुम्लाले जनाएको छ । त्यसका अनुसार जुम्लामा टफिक नियमको व्यापक जानकारी दिन आबश्यक छ ।

आईतबार विहानै फेरि जुम्लामा बसले किचेर एक महिलाको ज्यान गएको छ । जुम्लाबाट काठमान्डौ जादै गरेको ना ४ ख ७२४३ नम्बरको बसले तातोपानी गाउँपालिका २ निवासी माया नेपालीलाई किच्दा ज्यान गएको प्रहरी निरिक्षक चुडामणि पुनले जानकारी दिए । उनका अनुसार २७ वर्षिय नेपालीलाई बसले कसरी किच्यो भन्ने बारे छानविन समिति गठन गरी दोषीलाई कार्बाहि गर्ने बताए । गाडी चालक टिकापुर ६ घर भएका देव बुढाक्षेत्री प्रहरी नियन्त्रणमा छन् ।

घटनाका प्रत्यक्षदर्शी यात्रु, निमेश रोकायाका अनुसार मृत्तक माया नेपाली वायासाईटबाट हिड्दै गरेको अबस्थामा गाडीले हरन बजाउँदा एक्कासी दाँया साईटमा जान खोज्दा गाडीले हुत्याएको हो । तर फेरी पछि दायाँ साईटको लिकमा लिएर किचेको उनको दाबी छ । भने मृत्तकका आफन्तले लास बुझेका छैनन् ।

जुम्लामा यातायात ठप्प
बसले माया नेपालीको किचेर मृत्यु भएपछि आईतबार जुम्लामा यातायात सेवा ठप्प पारिएको थियो । मृत्तकका आफन्तले लास नबुझेर गाडी जलाउने भन्दै रोड चक्काजाम गरेपछि यातायात सेवा ठप्प भएको हो । भने लामो तथा छोटो दुरिमा चल्ने सवारी साधन बिचमै रोकिदा यात्रु अलपत्र भएका छन् । दुर्घटना जुम्ला सदरमुकाम देखि ११ किलोमिटर टाढा पश्चिम तातोपानी गाउँपालिकामा भएको २ नम्बरका वडा अध्यक्ष कृष्ण बुढाले बताए ।

यता डिएसपी डाक्टर तपन कुमार दाहालका अनुसार चालक नियन्त्रण पछि गाडीको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुद पारिएको छ ।
ट्राफिक प्रहरीका अनुसार फागुन महिनामा मात्रै सवारी दुर्घटना बाट ५ जनाको मुत्यु भएको छ । गएको एक साता अघि जुम्लाको सिंजामा ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु,सदरमुकामै टयाक्टरले किचेर हिरा अधिकारीको मृत्यु, त्यस्तै सदरमुकामै मोटरसाईकल दुर्घटनामा एक महिला र आईतबार एक महिला गरी ५ जनाको ज्यान गएको जिप्रकाका हबल्दार तारा बहादुर रेउलले जानकारी दिए । सामान्य किसिमका घाईते भने धेरै भएका छन् ।

ट्राफिक नियम बारे जनचेतना जोड
यँहाका बृद्धिजीविहरुले सवारी दुर्घटना नियन्त्रण गर्न स्थानिय स्तरमा ट्राफिक नियम बारे व्यापाक जानकारी गराउनु पर्ने बताएका छन् । सडकमा यात्रा गर्दा कुन साईट हिड्ने भन्ने अझै कतिमा ज्ञान छैन् । नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले भने, ट्राफिक नियम पालाना देखि गाउँमा जादा संमेमित भएर गाडी चलाउने बारे जनचेतना फैलाउनु निकै महत्वपुण पक्ष रहेको छ ।

अब जुम्लामा रहेका सात गाउँपालिकाले सवारी दुर्घटना रोक्न जिल्ला प्रहरी कार्यालय संग समन्वय गरी ट्राफिक नियम बारे चेतना स्थानियलाई दिनुपर्ने जुम्लाका बृद्धिजीविको सुझाब छ । अब चाडै स्थानिय तह संगै समन्वय गरी ट्राफिक नियम पालानाका बारेमा अभिमुखिकरण चलाउने डिएसपी डाक्टर तपन कुमार दाहाले बताए । ट्राफिक नियम बारे जुम्लाका सरोकारवालाले बेलैमा ध्यान नदिए निकै समस्या निम्तीने देखिन्छ ।