दाङ । जिल्ला समन्वय समिति दाङले गिटी बालुवाको लागि टेण्डर गरेको सेवाखोलाको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो ।
अनुगमनमा मापदण्डभन्दा केही गहिरो गरेर उत्खनन गरेको भन्दै ठेकदारलाई सचेत र सहजक गराएको जिल्ला समन्वय समितिका प्रमुख नेपालीले वताए । ‘पहिलो पटक सचेत गराउने काम गरेका छौ’ प्रमुख नेपालीले भने ‘त्यो पालना नभए कारवाहीको काम हुन्छ ।’
उनका अनुसार ठेकदारले आगामी दिनमा त्यस्तो नगर्ने प्रतिवद्धता समेत गरेको छ । त्यसैगरेर अनुगमन टोलीले घोराही उपमहानगरपालिका १० को हापुर खोलामा स्टोर गरेर राखेको ढुंगाको समेत अनुगमन गरेको छ ।
ढुगाका बारेमा तत्तकाल बैठक बोलाएर काम कारवाही अघि बढाउने भएको जिल्ला समन्वय समितिले जनाएको छ । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, निमित्त समन्वय अधिकारी शहदेवबहादुर भण्डारी र जिल्ला समन्वय समितिका राजश्व शाखा प्रमुख विष्णु आचार्यको सहभागिता थियो