☰ open Loading... 24 February 2025|  

फोनिज सल्यानको अध्यक्षमा पुन
  | २५ फाल्गुन २०७४, शुक्रबार १९:१९

सल्यान । सल्यानमा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा तदर्थ समिती गठन गरिएको छ । आज जिल्लाको कपुरकोटमा सम्पन्न भेलाले बुद्धिमान पुनको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती गठन गरिएको हो । पुन पश्चिमनेपाल डटकमका सल्यान सम्वादाता समेत हुन् ।

रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्तीको अध्यक्षता तथा फोनिजका मध्यपश्चिम क्षेत्रिय संयोजक खेम बहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका सचिब शंकर केसी, फोनिज दाङका अध्यक्ष प्रेम बहादुर राम्जा लगाएतकाको पनि आतिथ्यता रहेको थियो ।

भेलाले फोनिजको उपाध्यक्षमा मनु मगर, सचिबमा चुडामनी पुन, सहसचिबमा चक्र बुढा मगर र कोषाध्यक्षमा गोपाल पुनलाई सर्बसम्वत चयन गरेको छ । यस्तै सदस्यहरुमा अमृता पुन र शुरेन्द्र बुढालाई चयन गरेको छ ।

यस्तै भेलाले आगामी चैत्रमा काठमाण्डौँमा हुने फोनिजको राष्ट्रिय महाधिबेशनका लागी सल्यान बाट सन्तोष घर्तीलाई प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको छ । यस्तै प्रदेश प्रतिनिधिमा मनु मगर, चुडामनी पुन र शुरेन्द्र बुढालाई चयन गरिएको छ ।