सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुठुमा जनतासंग एक दिन न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ । उच्च सरकारी वकिल, जिल्ला सरकारी वकिल र जिल्ला अदालत सुर्खेतको संयुक्त आयोजनामा समुदाय र सरकारी वकिल संवाद कार्यक्रम सम्पन्न भएको हो ।
न्यायिक निकायले प्रवाह गर्दै आएको कामको बारेमा जानकारी दिन, जनताको गुनासो सुन्न र आगामी दिनमा न्यायिक निकायको सेवा प्रवाह कस्तो बनाउन सकिन्छ भन्ने हेतुले कार्यक्रम गरिएको सरकारी वकिल कार्यालयले सुर्खेतका जिल्लाभर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा उच्च अदालत सुर्खेतका न्यायाधिस टंक गुरुङले न्यायिक निकायबाट भएका सेवा प्रवाह प्रभावकारी भए नभएको बारे सुझाव दिन नागरिकलाई आग्रह गरे ।
उनले परिवर्तित ऐन मुलुकी फौजदारी संहिता र मुलुकी देवानी संहिता ऐनबारे स्थानीयलाई जानकारी समेत गराए । चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले केही दिन अघि मात्रै गाउँकार्यपालिकामा न्यायिक समिति गठन गरेको जनाकारी दिइन् ।
उनले सरकारी वकिल कार्यालयले यहाँका जनतालाई कसरी न्याय पाउन सकिन्छ र न्यायका लागि कसरी अघि बढ्ने भन्ने बाटो देखाउनमा सहयोग पु¥याएको बताईन् ।
न्यायिक संवाद कार्यक्रम सुर्खेतका विभिन्न गाउँपालिकाहरु पुगेर कार्यालयले कार्यक्रम सञ्चालन गर्दै आएको सरकारी वकिल कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता रत्न गिरीले जानकारी दिए । उनले न्यायिक क्षेत्रमा नागरिकहरुको सहज पहूँच पु¥याउन समुदायस्तरमा कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा सरकारी वकिल कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता सुरेन्द्रजंग शाही, सुर्खेत जिल्ला अदालतका न्यायाधिसद्वय मिदिनी प्रसाद पौडेल, धुव्रकुमार शाह लगायतको उपस्थिती थियो ।