☰ open Loading... 1 May 2024|  

टिकापुर हत्याकाण्डका २४ जना आरोपीेले अनसन तोडे
  | २८ फाल्गुन २०७४, सोमबार १४:५१

कैलाली । गत २० गतेदेखि कैलाली जिल्ला कारागारमा अनसनरत टिकापुर हत्याकाण्डका आरोपी २४ जनाले अनसन तोडेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँगको चार बुदेँ सहमतिपछि अनशन तोडिएको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी उम्मेदवार रेशमलाल चौधरीकोे प्रमाणपत्र र शपथग्रहण , भदौ ७ गतदेखि टीकापुर घटनामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका २५ जना बन्दीहरुमाथि लगाइएको झुठा मुद्दा राजनीतिक रुपमा बढीमा पन्ध्र दिनभित्र सम्बोधन गर्ने सहमति पश्चात अनसन तोडीएको हो ।

यस्तै, थरुहट संघर्ष समितिले उठान गरेका पहिचानसहितको अधिकार सम्पन्न सिमांकनका सम्बन्धमा भएको छिनोफानो र प्रगतिका सम्बन्धमा अनसनरत पक्षलाई जानकारी गराउने र अनसनरत पक्षको स्वास्थ्य परीक्षण गराई उचित स्वास्थ्य उपचार गर्ने सहमति भएको छ ।