Loading... 14 December 2018|   शुक्रबार, मंसिर २८, २०७५

वनमा लागेको आगो वस्तीमा छिर्दा चार घर नष्ट

  |

डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका–६ स्थित नर्कुर्कोे धुपियाना सोमबार भीषण आगलागी हुँदा चार घर नष्ट भएको छ ।

नजीकैको वनमा लागेको आगो उक्त बस्तीमा छिरेपछि विसे विक, बागबहादुर शाही, मंगले विक र तेजी ठकुल्लाको घर नष्ट भएको स्थानीयवासी कर्णबहादुर बुढाले जानकारी दिए ।

आगलागीबाट लाखौँको क्षति भएको बताइएको छ । घटनस्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २९, २०७४     12:26:12 PM
error: Content is protected !!