सुर्खेत । अझैपनि ३० प्रतिशतभन्दा बढी महिलाहरु घरमै बच्चा जन्माउने गरेको पाईएको छ । जनचेतनाको अभाव र भौगोलिक दृष्टिकोणले स्वास्थ्य संस्था ताढा हुदाँ ग्रामीण क्षेत्रका अधिकांस महिलाहरु घरमै बच्चाहरु जन्माउने गरेको पाईएको हो । यसरी घरमै सुत्केरी हुदाँ महिलाहरु ज्यान निकै जोखिममा रहेन स्वास्थ्य कर्मीहरु बताउँछन ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले ६ महिनाको गतिविधि सार्वजनिक गर्नका लागि आयोजित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा ७० प्रतिशतले मात्र महिलाहरुले मात्र स्वास्थ्य संस्थामा गएर प्रसुति ह्ुने गरेको बताईएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवद्यीमा ३ हजार ९ सय ९२ जनाले स्वास्थ्य संस्थामा गएर प्रसुति लिएका छन । ३ सय ४४ महिलाले भने जनाले स्वास्थ्य संस्था नगई घरमै प्रसुति गराएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
वीरेन्द्रनगर बाहेक अन्य स्थानीय तहका अधिकांस महिलाहरु घरमै सुत्केरी हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्तमान श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षमा प्रसुति हुन नसक्दा एक महिलाले अकालमै ज्यान गएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।