सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा थुप्रै चुनौती रहेकाे बताएका छन । विकासमा केही पछाडि छ यो प्रदेश । यहाँ धेरै जनता गरिबीको रेखामुनि रहेका छन् । ठूलो संख्यामा गरिबीको रेखामुनि रहेका जनतालाई माथि ल्याउनुछ । यसका लागि उत्पादन बढाउनुपर्छ । हामीसँग ठूलो पुँजी रहेको छ । यसको परिचालन आवश्यक छ ।
एक सहकारी एउटा व्यवसाय, एक गाउँ एक घरेलु उद्योगलगायतका नारा लिएका छौँ । सबैको जीवनस्तर उकास्न सबैलाई उत्पादनमा लगाउने । र, उत्पादनको बजारीकरणमा सरकारले सहयोग गर्नेछ । जनताको जीवनस्तर छोटो समयमा उकास्न सकिन्छ । यसका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्छ ।
कर्णाली प्रदेश विकासमा पछिपरेको छ । विकासमा पछिपरेको कर्णाली प्रदेशको विकास गुर्न नै मेरो मुख्य एजेन्डा हो । पिछडिएको प्रदेश भएकाले यहाँ अवसरै अवसर छन् । यही अवसरको फाइदा उठाउन निजी क्षेत्रले यहाँ लगानी गर्नुपर्छ । यहाँ पर्यटन, जलविद्युत्, जडिबुटीलगायत थुप्रै क्षेत्रमा अधिक सम्भावना रहेको छ । कर्णाली प्रदेशमा रहेको अवसरको उपयोग गर्दै लाभ लिन म उद्योगी व्यवसायीहरूलाई आग्रह गर्दछु ।