☰ open Loading... 26 April 2024|  

उपत्यका खानेपानीको वार्षिकोत्सव, ‘भुक्तानी तिर्न लाइन बस्नुपर्दैन’
  | २ चैत्र २०७४, शुक्रबार १७:४५

सुर्खेत ।   पानीको महशुल तिर्न लाईन लाग्नुपर्ने समस्याको समधान गरिने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटले बताएका छन । शुक्रबार वीरेन्द्रनगरमा संस्थाको १७ औँ वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन ।

अब कोही उपभोक्ताले पानी प्रयोगको महशुल तिर्न घण्टौँ लाइन बस्नुपर्ने छैन ।’ महशुल भुक्तानी गर्न उपभोक्ताहरु लामो समयसम्म संस्थामा लाइन बस्नुपर्ने कार्यको मध्यनजर गरी संस्थाले ग्लोवल आई.एम.ई. बैंकसंग नेटवर्कीङ्ग गरी सोझै बैंक मार्फत खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था गरिने उनले जानकारी दिए । साथै ‘संस्थाले अनलाईन विलिङ्ग तथा एकाउण्टिङ्ग सफ्टवरको कामलाई पुर्णता दिई चालु आर्थिक वर्षदेखिनै संचालनमा ल्याउने छौँ ।’

सुर्खेत उपत्यकाको दीर्घकालिन खानेपानीको समस्या समधान गर्नका लागि भेरी नदीको पानी उपत्यकामा ल्याउन चालु आर्थिक वर्षमा डिपिआर तयार गरी योजना निर्माणको कामलाई अघि बढाउने उनले बताए । आर्थिक वर्ष २०७३÷०७४ मा आयोजनाको सुधार विस्तार गरी खरिखोला बोरीखोला आयोजनाबाट ३० लिटर प्रति सेकेण्ड पानी थप गरिएको उनको भनाई छ ।

कार्यक्रममा भौतिक विकास पुर्वाधार मन्त्री खड्क खत्रीले आगामी नीति र कार्यक्रममा उपत्यकाको खानेपानीको समस्यालाई समधान गर्नका लागि विशेष योजना बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा कुल ६ करोड ३३ लाख, ६० हजार ६१३ आम्दानी गरी रु ५ करोड ८५ लाख २३ हजार २८० खर्च गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष देववकोटाको अध्यक्षतामा भएको नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य बालाराम शर्मा, जिल्ला समन्वय समितिका सुर्खेतका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकका प्रमुख देवकुमार सुवेदी लगायतको उपस्थिति थियो ।