☰ open Loading... 18 November 2024|  

गैर–जिम्मेवार अभिभावक बन्दा बालबालिकाको दैनिकी काजमै वित्छ
  | ५ चैत्र २०७४, सोमबार १६:०५

मदन  विक, दैलेख । 

जिल्लाका दुर्गम गाउँमा डोको, नाम्लो वालवालिकाहरुको खेलौना नभएर जीवनको भोगाई भएको छ । सामाजिक प्रचलनले वालश्रमलाई चिन्न नसक्ने भएपछि डोको, नाम्लोनै वालवालिकाको खेलौना भएर जीवनको भोगाई भएको हो । चामुण्डाविन्द्रासैनी – ५की कक्षा ४ मा अध्ययनरत निर्मला नेपाली दैनिक विद्यालय विदा हुने वित्तिकै घरमा किताव कापी थन्क्याएर डोको बोक्दै स्याउँला लिन जंगलतिर होमिन्छिन् । विहान उठ्ने वित्तिकै जंगलवाट घाँस वा दाउराको भारी घरमा ल्याएर मात्र उनी विद्यालय जाने गरेकी छन् । ९ वर्षकी निर्मला विद्यालयमा गएर कक्षा कोठामा शिक्षकले पढाएका कुरा वुझ्न, शिक्षकले दिएको होमवर्क गर्न र विहान वेलुका घरको काम गर्नु भ्याई नभ्याई भइरहेको छ । खिमा जस्तै निर्मला रोकायको अवस्था पनि उस्तै छ । खिमाले गरे जस्तै निर्मला पनि जम्मै काम गर्ने गर्छिन ।

निर्मला कक्षा ४ मा अध्ययनरत ८ वर्षिय वालिका हुन् । गाउँको सामाजिक संस्कार नै वनेपछि त्यो गाउँका सवै वालवालिकाहरुले विद्यालय जानु पढ्नु लेख्नु जतिकै घरमा आएर घाँस दाउरा र स्याउलाको भारी वोक्नु सवैको दिनचर्या वनेको छ । वालवालिकाहरुले भने आफुहरु रहरले नभई पारिवारीका समस्याका कारण मेलापात गर्ने गरेको बताएका छन् । ‘पढ्न मन त छ, तर घरको काम पनि गर्नुपर्छ’ ८ वर्षिया बालिका निर्मलाले भनिन्,–‘पढाईमा मात्र ध्यान दिएमा अभिभावकहरु रिसाउनु हुन्छ, त्यसैले पनि मेलापात गर्नैपर्छ ।’

निर्मला त एक पात्र मात्र हुन । ग्रामीण क्षेत्रका अधिकांस बालबालिकाको दैनिक पढाईमा भन्दापनि काजमै वित्छ । अभिभावकहरु गैर जिम्मेवार बन्दा बालबालिकाहरु पढाई भन्दापनि दैनिकी काजमै वित्ने गरेको हो ।

विद्यालयवाट घर पुग्दाको भोको पेटमा अगेनामा राखिएको बासी रोटी हातमा च्यापेर विद्यालयकै पोशाकमा डोको र नाम्लोसंग गाउँका वालवालिकाहरुले पौठेजोरी खेल्दै जंगलतिर धाउनु अनौठो र नौलो विषय नभएको  बाल अधिकार कर्मिहरुको भनाई छ । कतिपय खाली खुट्टामै जंगल पुगेका वालवालिकाहरु धारिलो हतियार चलाएर दाउरा, घाँस काट्नमै रमाउने गर्छन बाल अधिकार कर्मी बताउँछन् ।

चेतनाको अभावले गाउँ घरमा भईरहेका यस्ता वालश्रम अन्त्य गर्न अभिभावकलाई सचेतना जागृत गर्नु पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका महिला विकास इकाईका सहायक महिला विकास निरिक्षक मायाकुमारी सिंहले बताईन ।
उनले गाउँका नागरिकहरुलाई सचेत गराउन वाल अधिकारकर्मी र सम्वन्धित निकायमा काम गर्ने व्यक्तिनै वढी जिम्मेवार हुनु पर्ने पनि उल्लेख गरिरन् ।

बालवालिकाहरुलाई वालश्रमवाट वन्चित गर्न सवै क्षेत्रमा व्यापक सुधार ल्याउन पर्छ । उनले बालबालिकाहरुलाई पढ्ने वातावरण सिर्जना गर्न अभिभावकहरुको भूमिका बढी हुनु पर्ने बताईन । ‘संविधान र कानुनले व्यवस्था गरेको वालवालिकाको मौलिक हकलाई गाउँमा त कसैले वुझेनन् तर वालवालिकाकै मनोविज्ञानमा के हो, त्यो पनि कसैलाई थाह छैन सिंहले भनिन्–‘गाउँका वालवालिकाहरुले पनि श्रम गर्नु पर्छ भन्ने धारणा बनिसकेकाले यसबारे सवैले गम्भिर हुन आवश्यक छ ।’

वालवालिकाहरुमा हुने घरेलु हिंसा, विद्यालयमा हुनु पर्ने वालमैत्री शिक्षा, वालमैत्री स्वास्थ्य जस्ता विषयहरु समाजमा स्थापित गर्नका सरोकारवालाहरु निकै जिम्मेवार वन्नु पर्ने उनको भनाई छ । संविधानमा सबै बालबालिकाहरुले पढ्न पाउन अधिकार सुनिश्चित गरेको छ उनले भने, घरयासी समस्या गरिबीका कारणले गर्दा केही पढ्न लेख्न र पढ्न बाट बञ्चित भएको उनले बताईन ।