धनगढी । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित सेती अञ्चल यातायात कार्यालयको निरिक्षण गरेका छन ।
सेती अञ्चल यातायात कार्यालयको निरिक्षण गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले यातायात कार्यालय अस्तव्यस्त रहनुका साथै काम कार्वाहीमा असहजता भएको नागरिकको गुनासो आएको रहेको उनले उल्लेख गरे । उनले कार्यालयलाई व्यवस्थित बनाउँदै सहजत रिकाले सेवा लिन सक्ने वातावरण बनाउँने तर्फ आजैका मितिबाट कार्यको थालनी गर्ने कुरामा जोड दिए ।
सेवाग्राहीहरुले भने सेती अञ्चल यातायात कार्यालय अस्तव्यस्त रहेको बताउँदै सामान्य कामका लागि पनि दिनभर कुर्नुपर्ने आरोप लगाएका छन् । सेवाग्राहीले राजश्वतिर्न पनि भेडाबाख्रा जस्तै लाईन लाग्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
सेती अञ्चल यातायात कार्यालय धनगढीका प्रमुख कृष्ण भूषालले सेवाग्राहीहरुको चाप अत्याधिक बढेकाले काममा ढिलाई हुने गरेको बताउनुभयो । काममा सहजता ल्याउँन सेवालाई बढाउँनुपर्ने उनकाे तर्क रहेको छ ।