☰ open Loading... 18 November 2024|  

वीरेन्द्रनगरमा प्रतिवद्धता गरेर बालविवाह रोकिदैन् : अध्यक्ष बस्नेत
  | ५ चैत्र २०७४, सोमबार १८:०७

सुर्खेत । वीरेन्द्रनगरमा गोष्ठी र प्रतिवद्धता गरेर ग्रामीण क्षेत्रमा हुने बालविवाह नरोकिने बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताएका छन । सोमबार वीरेन्द्रनगरमा ग्लोबल एक्सन नेपाल, आसमान नेपाल, व्रिटिश काउन्सिल र मर्सी कोरको साझेदार भिएसो नेपालको आयोजनाम विहिनीका लागि दिदी कार्यक्रम २ को जिल्ला स्तरीय छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘बालविवाह दुर्गमका ग्रामीण बस्ती हुन्छन्,’ ‘बालविवाह रोक्नका लागि होटेलमा प्रतिवद्धता गरेर बालविवाह रोकिदैन ।’उनले भने, ‘बालविवाह रोक्नका लागि ग्रामीण क्षेत्रमै पुगेर बालबालिका र अभिभावकहरुलाई नै प्रतिवद्धता गराउनुन जरुरी छ । अभिभावककै कारणले गर्दा बालविवाह बढी हुने गरेको उनको भनाई थियाे ।

बालविवाह रोक्न अभिभावकहरुलाई नै सचेत गराउनुपर्ने उनले जोड दिए । बालविवाह रोक्ने अभियान हिड्न बाल सञ्जालका बालबालिकाहरुले नै स्वयम आफैले विवाह गर्ने गरेको उनले बताए । बालविवाह रोक्नका लागि बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेर उनले बताए ।

सुर्खेत जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बाबु आमाले साथीहरु भुमिका निर्वाह गर्न नसक्दा पढ्न छाडेर बालिकाहरुले बालविवाह गर्ने गरेको उनले बताए । ‘बालबालिकाको सबैभन्दा प्यारो साथी नै हुन्छ ।’ आमा–बाबुले बालिकाहरुको इच्छा चाहाना बुझ्न नसक्दा बालविवाह हुन्छन ।’ बालबालिकालाई राम्रो बनाउनका लागि आमा–बुबाले साथी बन्नुपर्छ उनको भनाई छ ।

कार्यक्रममा शैक्षिक नीति नियमका बारेमा महिला तथा बालबालिका कार्यालय सुर्खेतका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा सरोकारवालाहरुले बालविवाह रोक्ने संकल्प जनाएका छन ।

ग्लोबल एक्सन नेपाल सुर्खेतका जिल्ला संयोजक राजेश गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर–सरकारी संस्था प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिति थियो ।